काठमाण्डौ । विश्वमा धनाढ्यहरुको संख्या बढ्दै गएको छ।
वर्ल्ड अफ स्ट्याटिस्टिक्सले हालै सार्वजनिक गरेको तथ्यांकबाट विश्वमा धनाढ्यहरुको संख्या बढ्दै गरेको देखिएको हो। यो संस्थाले सबैभन्दा बढी अर्बपति बस्ने विश्वका शीर्ष १० सहरको सूची पनि सार्वजनिक गरेको छ। जसमा चीनको बेइजिङ पहिलो स्थानमा छ।
बेइजिङमा बसोबास गर्ने अर्बपतिको संख्या १०० रहेको छ। यो सहरमा २.३० करोड मानिसको बसोबार छ।
सर्वाधिक अर्बपतिको बसोबास रहेको सहरको सूचीमा अमेरिकाको न्युयोर्क सहर दोस्रो नम्बरमा छ। सन् २०२१ को अनुसार ८४.७ लाख जनसंख्या भएको यो सहरमा ९९ अरबपति बस्छन्। जुन लगभग बेइजिङबराबरको हो।
यो सूचीमा तेस्रो नम्बरमा हङकङको नाम आउँछ। यो सहर ८० अर्बपतिको घर हो।
विश्वका धनीहरुको मनपर्ने सहरको सूचीमा थप नामहरु परेका छन्। जसमा रुसको मस्को सहर चौथो स्थानमा रहेको छ। यसमा ७९ अर्बपति बस्छन्।
चीनको अर्को सहर शेन्जेन पनि अर्बपतिको मनपर्ने सूचीमा छ। यो सूचीमा शेन्जेनाई पाँचौँ नम्बरमा राखिएको छ। त्यहाँ ६८ अर्बपति बस्छन्।
छैटौँ स्थानमा चिनियाँ सहर सांघाई पनि आउँछ। यो सहरमा ६४ अर्बपतिको घर छ।
बेलायतको लन्डन सहर ६३ अर्बपतिसहित सातौँ स्थानमा छ। अर्बपतिको मनपर्ने सहरको सूचीमा भारतको मुम्बई पनि परेको छ। यो अमेरिकी सहर सान फ्रान्सिस्कोबराबर अर्बपतिहरुको बसोबास रहेको छ। मुम्बई र सान फ्रान्सिस्कोमा बराबरी कुल ४८ अर्बपति बस्छन्।
शीर्ष १० मा चीनको अर्को सहर परेको छ। जुन १० नम्बरमा परेको छ। त्यस सहरको नाम हाङ्जाउ हो र त्यहाँ ४७ अरबपति बस्छन्।
यस सूचीमा दिइएको तथ्यांकलाई हेर्दा चीन र अमेरिकाको वर्चस्व देखिन्छ। शीर्ष १० मा परेका ४ सहर बेइजिङ, सेन्जेन, सांघाई र हाङ्जाउ छन्। यो सूचीमा अमेरिकाका दुई सहर न्युयोर्क र सान फ्रान्सिस्को पनि परेका छन्। जहाँ भारत, बेलायत र रुसका एक–एक सहर समावेश छन्। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago