काठमाण्डौ । विश्वमै सबैभन्दा १० धनी देशहरुको नयाँ सूचि सार्वजनिक भएको छ । न्यू वल्र्ड वेल्थले ताजा रिपोर्ट प्रस्तुत गर्दै विश्वको सबैभन्दा धनी देश अमेरिका रहेको बताएको छ । सन् २०१७ मा ६४५८४ अर्ब डलर सम्पत्तिसहित अमेरिकाले १० धनी देशको शीर्ष स्थान ओगटेको हो ।
यस्तै, धनी देशहरुको दोश्रो स्थानमा चीन छ । उसको सम्पत्ति २४८०३ अर्ब डलर रहेको बताइएको छ ।
१९५२२ अर्ब डलर सम्पत्तिसहित सूचिको तेश्रो स्थानमा जापान छ भने ९९१९ अर्ब डलर सम्पत्तिसहित ब्रिटेन चौथो स्थानमा समेटिएको छ ।
९६६० अर्ब डलरसहित जर्मनी पाँचौ स्थानमा, ८२३० अर्ब डलर सम्पत्तिसहित भारत छैठौ स्थानमा, ६६४९ अर्ब डलर सम्पत्तिसहित फ्रान्स सातौ स्थानमा, ६३९३ अर्ब डलरसहित क्यानडा ८औं स्थानमा, ६१४२ अर्ब डलरसहित अस्ट्रेलिया नवौ स्थानमा र ४२७६ अर्ब डलर सम्पत्तिसहित इटली दशौं स्थानमा रहेका छन् ।
कुल सम्पत्तिको अर्थ प्रत्येक देश तथा शहरमा रहने सबै व्यक्तिको निजी सम्पत्तिको एकमुष्ठ सम्पत्ति हो । तथापि, यो रिपोर्टमा सरकारी धनलाई भने समेटिएको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago