काठमाण्डौ । विश्वकै ठूलो कार निर्माता भक्सवागेनले कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै यूरोपभरिको आफ्नो उत्पादन बन्द गरिएको घोषणा गरेको छ । 

जर्मनमा मुख्यालय रहेको विश्वकै ठूलो कार निर्माता भक्सवागेनले मंगलबार एक सूचना जारी गर्दै स्पेन, पोर्चुगलको सेतुबल र स्लोभाकियाको ब्रतिस्लाभास्थित उत्पादन केन्द्रहरु यही साताको अन्तिमसम्ममा बन्द भइसक्नेछन् । 

इटलीमा रहेका यो कम्पनीका प्रडक्स युनिटहरुबाट ल्याम्बोरघिनी सुपर कार र डूकाटी मोटरसाइकल उत्पादन गर्दै आएका छन् । यी युनिटहरु समेत बन्द हुने कम्पनीले घोषणा गरेको छ । 

भक्सवागेनका सीइओ हर्बर्ट डिसले जर्मन तथा यूरोपीय मुलुकका प्रडक्सन प्लान्टहरु कम्तीमा पनि २ हप्ताका लागि बन्द हुने प्रष्ट पारेका छन् । 

भक्सवागेनले विश्वमै चर्चित स्कोडा, अउडी, पोस्र्चे र बुगाटीजस्ता कार उत्पादन गर्दै आएको छ । यो कम्पनीले सन् २०१९ मा १०.८ मिलियन भेइकल्स बजारमा पठाएको थियो, यति ठूलो संख्यामा कुनै पनि कार निर्माताले आफ्नो प्रडक्ट सन् २०१९ मा बेचेका थिएनन् । 

यो कम्पनीमा कार्यरत कुलमध्ये ४४ प्रतिशत भन्दा बढीले हुन आउने ६ लाख ६८ हजार कर्मचारी जर्मनीमा बस्छन् । 

यो कम्पनीले यूरोपमा कार निर्माण गर्ने यूनिट बन्द गर्ने पछिल्लो कार निर्माता कम्पनी हो । यसअघि फियाट, पुजेट, रेनल्ट जस्ता चर्चित कार बनाउने कम्पनीहरुले सोमबार नै यूरोपभरिका ३५ वटा उत्पादन यूनिट बन्दको घोषणा गरिसकेका थिए । यी तीन कार उत्पादन गर्ने ३ कम्पतीले गत वर्ष १२ लाख युनिट बराबरका कारहरु बेचेका थिए । 

यस्तै, भक्सवागेनपछिको विश्वकै दोश्रो ठूलो कार निर्माता कम्पनी टोयोटाले समेत मंगलबार नै फ्रान्स र पोर्चुगलका २ अपरेसन युनिट बन्द गर्न लागेको जनाइसकेको छ । 

एकपछि अर्को गर्दै यूरोपका कार युनिटहरु बन्द हुँदा त्यसमा निर्भर १४ मिलियन कर्मचारीको जागिर गएको छ । समग्र अटो उद्योगमै इतिहासकै सबैभन्दा खराब दिन देखिन थालेको मिडिया रिपोर्टहरुमा जनाइएको छ ।