काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो साउदी आरामकोले साउदी बेसिक इन्डस्ट्रिज् कोर्प (एसएबीआईसी) को ७० प्रतिशत हिस्सा खरिद गर्ने योजना बनाएको छ। यसका लागि आरामकोले केही बैंकहरुसँग १० बिलियन डलर ऋण लिनका लागि कुरा गरिरहेको पनि खुलासा भएको छ।
आरामकोले गत वर्ष नै कोर्पको ठूलो हिस्सा खरिद गरी आफ्नो नियन्त्रणमा लिने योजना बनाएको थियो। विश्व तेल उद्योगमा यो अहिलेसम्मकै ठूलो डिल हुनेछ। ‘लगानी कोर्पमा हुनेछ तर लगानीकर्ता आरामको हुनेछ’, साउदीको एउटाले बैंक स्रोतले भन्यो, ‘हामी अहिले आरामकोलाई ऋण प्रवाह गर्ने विषयमा प्रारम्भिक चरणमा छलफल गरिरहेका छौँ। १० मिलियन डलर ऋणको कुरा आए पनि आरामकोको स्पष्ट ऋण रकमको माग भइसकेको छैन।’
आरामको स्रोतले भने अहिले कम्पनीले कोर्पको वित्तीय अवस्थाबारे अध्ययन गरिरहेको जनाएको छ। ‘आरामकोले अहिले उसको हिसाबकिताब राम्ररी बुझिरहेको छ, यो डिलअघिको एउटा व्यापारिक पाटो पनि हो’, स्रोतले भन्यो।
साउदी अरबको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीईएफ) मार्फत कर्पलाई प्राप्ति गरेपछि आरामकोको व्यापार विस्तारमा सहयोग पुग्नेछ। धेरै महिनाअघि कर्पलाई आरामकोले प्राप्ति गर्ने कुरा चलिरहेको थियो। केही महिनाअघि आएको आरामकोको विश्वकै ठूलो आईपीओले कर्प प्राप्ति गर्ने डिल केही पछाडि धकेलिएको बताइएको छ।
विश्व महामारी कोरोनाभाइरसको संकटका कारण कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आरामकोले कर्प किन्नका लागि बैंकहरुसँग ऋण लिन लागेको बताइएको छ।
केही दिन अघिमात्र ओपेकको अगुवाइमा कच्चा तेलको मूल्यमा स्थिरता ल्याउन सदस्य राष्ट्र र अन्य राष्ट्रहरुबीच कच्चा तेल उत्पादन २० प्रतिशत घटाउने सहमति भएको छ। यसले कच्चा तेलको मूल्य केही बढ्ने विश्वास गरिए छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19