काठमाण्डौ । कोरोनाभाइरसको कारण बन्द भएको जर्मनीको वुुल्फस्वर्गमा रहेको विश्वकै ठूलो कार कारखाना सोमबारबाट खुुलेको छ ।
आफ्नो ८२ वर्षको लामो इतिहासमा यति धेरै अवधिसम्म बन्द रहेको कारखाना अब खुुल्ने भएको छ । आफ्ना हजारौ कर्मचारीहरुको स्वास्थ्यलाई जोखिम नपर्ने गरी विश्वकै ठूलो कार निर्माता कम्पनीले आफ्ना प्लान्टहरु सञ्चालन गर्ने तरिकामा १०० वटा परिवर्तन गरेको छ।
“हामीले यस्तो परिस्थीतीमा पहिले कहिल्यै सवारी साधन विकास, उत्पादन र बिक्रीवितरण गरेको थिएनौ ।” भोल्सवागेनमा श्रम प्रतिनिधिको प्रमुुखको रुपमा कार्यरत बर्नड ओस्टरले भने । भोल्सवागेनको कारखाना समुुन्द्र र युुरोपमा आउने बन्दरगाहलाई जोड्ने मानव इञ्जिनियरिङको प्रभावशाली संरचनाको रुपमा रहेको २०० माइल लामो मिट्टील्याण्ड नहरको किनारामा रहेको छ ।
सन् १९३८ मा निर्माण गरिएको भोल्सवागेनको यो कारखाना अहिले पनि गुप्रको मुुख्यालयको रुपमा रहेको छ र सन् १९४५ देखि अहिलेसम्म ४ करोड ५० लाख युुनिट भन्दा धेरै कारहरु उत्पादन गरिसकेको छ । यो त्यही ठाउँ हो, जहाँ तीन दशकभन्दा बढी समयदेखि आइकोनिक “बिटल” उत्पादन भएको थियो ।
त्यस्तै भोल्सवागेनको सबैभन्दा धेरै बिक्री भएको भिडब्लुु गल्फ सिरीज र टिगुुआन पनि यही उत्पादन हुुन्छ । पूरै युुरोपमा कोरोनाभाइरसको संक्रमण फैलिएपछि यो कारखाना र यस क्षेत्रका सम्पूर्ण कारखानाहरु मार्च १९ देखि बन्द अवस्थामा छन् ।
यो कारखाना पुुनः सुुचारु हुुनुुलाई युुरोपको अर्थतन्त्रलाई गति दिन गरिएका प्रयासहरुको प्रतिकका रुपमा हेरिएको छ, जहाँ १ करोड ४ लाख मानिसहरु अटोमोबाइल क्षेत्रसँग जोडिएका छन् । जर्मनीको यो कारखाना ६.५ मिलियन स्क्वायर फिटमा फैलिएको छ ।
यो कारखानाले गत वर्ष ७ लाख युुनिट कारहरु उत्पादन गरेको थियो, अर्थात प्रति दिन ३५०० युुनिट । यहाँ ६३ हजार कामदारले काम गर्ने गर्दछन् । कारखानाको उत्पादन कोरोनाबाट प्रभावित बनेका ७१ देशहरु र २६०० भन्दा धेरै कम्पनीहरुसँगको आपूर्ति श्रृंखलामा निर्भर हुनेछ ।
उत्पादन सुुचारु गर्न भोल्सवागेनले कामदारसँग १०० वटा विभिन्न स्वास्थ्य र सुुरक्षाका उपायहरु अबलम्बन गर्ने सहमति गरेको छ । जुुन उपायहरु र जानकारी डिस्प्ले बोर्ड, ८ हजार भन्दा बढि पोस्टरमा र बुुकलेटमा वर्णन गरिएको छ ।
कम्पनीले पार्टसहरुको उपलब्धता, सरकारी आवश्यकता र कारको माग अनुुसार विस्तारै उत्पादनलाई बढाउँदै जाने योजना बनाएको छ । जुुन कोरोनाको संक्रमणपछि बन्द भएको थियो । यो साता कम्पनीले १४०० कार बनाउने र अर्काे साता बढाएर ६ हजार पुुर्याउने विश्वास लिइएको छ, अर्थात महामारी फैलनुुभन्दा अघिको भइरहेको उत्पादनको ४० प्रतिशत ।
कम्पनीले एक सिफ्टमा ८ हजार कामदारका सहित निमार्णलाई पुुनः सुुचारु गर्नेछ । पहिले कम्पनीले एक सिफ्टमा २० हजार कामदार प्रयोग गर्ने गर्दथ्यो ।
कामदारहरुलाई नियमित रुपमा बिहान घरमा तापमान जाँच्न र कपडा परिवर्तन गर्न निर्देशन दिइएको छ । कामदारहरुलाई ढोका खोल्न कुुम प्रयोग गर्न र भित्र प्रवेश गर्दाखेरी एक एक गरी मात्रै प्रवेश गर्न दिइनेछ । त्यस्तै कामदारहरुबीच दुुरी बनाउनका लागि भुुइँमा चिन्ह लगाइएको छ ।
टिम मिटीङ र लन्च ब्रेकको बेला सामाजिक दुुरी कायम गराइनेछ । यसका लागि सम्मेलन कक्ष र सार्वजनिक स्थानमा कामदारका लागि बस्ने सिटहरु घटाइनेछ ।
क्यान्टिनहरु बन्द गरिनेछन् र कामदारहरुलाई आफ्ना लागि खाना र खाजा घरबाटै ल्याउन भनिएको छ । संक्रमण फैलनसक्ने भएकाले वाटर डिस्पेन्सरहरु पनि हटाइनेछ र स्वच्छ हावाका लागि पर्याप्त इअर कन्डीसनर जडान गरिने छ ।
कारखानाका यन्त्रहरुलाई प्रत्येक सिफ्ट पछि डिस्इन्फेक्ट गरिनेछ र यन्त्र र पार्टहरुलाई कामदारहरुले एक अर्कालाई हातले दिने छैनन् । यसका लागि उनीहरुले सामानलाई कन्टेनरमा राख्नेछन् र सुरक्षित दुुरीमा अन्य कामदारले सामान लिन सक्नेछन् ।
कामदारका लागि हात धुुनका लागि पर्याप्त संख्यामा धाराहरु र सेनिटाइजर र साबुुनको सुुविधाको व्यवस्था गरिनेछ । कारहरुलाइ एक अर्कादेखि टाढा राखिनेछ र कामदारहरुले उही कारको कामलाई छुुट्टा छुुटटै रुपमा सम्पन्न गर्नेछन् । सबैलाइ मास्क लगाउन अनिवार्य गरिनेछ र सम्भव नभएको ठाउँमा १.५ मिटरको दुुरी कायम राखिनेछ ।
भोल्सवागेन र अन्य निर्माताहरुलाई आपूर्तिकताहरुले कारखानामा संक्रमण भित्र्याउने सम्भावना चुुनौतिको विषय बनेको छ ।
भोल्सवागेनको स्वामित्व रहेको अडि, पोर्ची र सिट ब्रान्डले आफूहरुले कम्पनीको सुुरक्षाको १०० बँुुदालाई विश्वभरका ४० हजार आपूतिकर्ता र लजिस्टिक पार्टनरहरु समक्ष सर्कुलेट गरेको जनाएका छन् ।
महामारी फैलनुुभन्दाअघि भोल्सवागेनको कारखानामा दैनिक रुपमा २ हजार ट्रकहरु २१ हजार कच्चा पदार्थ लिएर आउने गर्दथे । तर, अब चालकहरुलाई हर समय ट्रकमै रहनुुपर्ने छ, ट्रकबाट सामानहरु अनलोड गर्ने मेसिनहरुलाई निरन्तर रुपमा सफा गरिनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago