काठमाण्डौ । कोरोनाभाइरसको त्रासदीका कारण दक्षिण अफ्रिकाको पोनेन्ग सुन खानीमा काम फेरि बन्द गरिएको छ। यो विश्वकै सबैभन्दा गहिरो सुन खानी हो।

कोरोना रोकथाम तथा नियन्त्रणका दक्षिण अफ्रिकी सरकारले मार्चमा लकडाउन गरेको थियो। त्यस क्रममा यो सुन खानीसहित देशका सबै सुन खानी एक महिना बन्द भएका थिए। गत अप्रिलबाट खुलेका खानीहरु फेरि बन्द भएका हुन्। 

विश्वकै गहिरो उक्त सुन खानीमा काम गर्नेहरुमध्ये केहीमा कोरोना संक्रमण पुष्टि भएको थियो। तर उनीहरुमा लक्षण भने केही पनि देखिएको थिएन। 

यो सुनखानी एंग्लो गोल्ड नामक कम्पनीले जनाएको छ। कम्पनीले ती सबै संक्रमितलाई आइसोलेसनमा राखिएको जनाएको छ। कम्पनीले पहिलोपटक कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सबै ६५० जना कर्मचारीको कोरोना टेस्ट गरिएको जानकारी दिएको छ।– एजेन्सी