john magufuli
काठमाण्डौ । विश्वको गरीब देशमध्ये एक तान्जानियाका राष्ट्रपति जोन मागुुफुुलिले तान्जानिया कोरोनाभाइरसबाट मुुक्त भएको घोषणा गरेका छन् ।
कोरोनाबाट मुुक्त भएको घोषणा गर्दा उनले भगवानको आशिर्वादबाट मात्रै यो सम्भव भएको बताएका छन् । तथापि उनले जनतालाई अझै पनि सावधानी अपनाउनुुपर्ने बताएका छन् ।
राष्ट्रपति जोन मागुुफुुलिले कोरोनाभाइरसबाट देशलाई मुुक्त गराउने श्रेय स्थानीय स्वास्थ्य अधिकारीहरु, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरु र कोरोना चाँडै अन्त्य होस् भनेर प्रार्थना गरिरहेका नागरिकहरुलाई दिएका छन् ।
मागुुफुुलिले यो घोषणा देशको राजधानीमा अवस्थित एउटा गिर्जाघरमा गरेका थिए । “यो एउटा ठूलो संकेत हो कि देश अब पूर्ण रुपमा महामारीको खतराबाट बाहिर निस्किसकेको छ र मानिसहरुबीच यसको भय अन्त्य भइसकेको छ ।” मागुुफुुलिले घोषणाको दौरान भने ।
गत साता उनले तान्जानिया अब चारजना मात्रै कोरोना संक्रमित रहेको बताएका थिए । तथापि विश्व स्वास्थ्य संगठनको रिपोर्टकाअनुुसार २९ अप्रिलदेखि तान्जानियाले कोरोना संक्रमणको कुुनै पनि डेटा उपलब्ध गराएको छैन । अन्तिम पटक जब तान्जानियामा कोरोनाको गणना गरिएको त्यतिबेला देशमा ५०९ वटा पोजेटिभ केसहरु थिए । जसमध्ये २१ जनाको मृत्युु भएको थियो ।
अफ्रिकी देश तान्जानियाका अधिकांश मानिस गरिबीको रेखामुुनि छन् । यसका ३६ प्रतिशत जनता गरीबीको रेखामुुनि छन् । केही समय पहिले विश्व स्वास्थ्य संगठनका स्थानीय अधिकारीहरुले तान्जानियामा उल्लंघन गरिएको सामाजिक दुुरी र धार्मिकस्थलहरु खुुल्ला गरिएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।
मे महिनामा अमेरीकी राजदुुतावासले तान्जानियाको डर ए सलामको अस्पतालबाट तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भनेर चेतावनी दिएको थियो । कोरोना संक्रमणको सुुरुवातदेखि नै राष्ट्रपति मागुुफुुलि यसप्रति त्यति गम्भीर थिएनन् । उनले त्यसबेला यसो भनेका थिए “कोरोनाभाइरसबाट मुुक्त हुुनका लागि भगवानको प्राथना गर्नुुहोस् । जिससको शरीरमा कुुनै पनि राक्षसी भाइरस टिक्न सक्दैन ।”
यसका साथै उनले खराब टेस्टीङ किटका कारण तान्जानियामा पोजेटिभ केसहरु वृद्धि भइरहेको भनेका थिए । उनको यस्तो बयानपछि खराब टेस्टीङ किटका कारण तान्जानिया चर्चामा आएको थियो । यस क्रममा उनले मानिसहरुलाई चर्च र मस्जिदमा गएर प्रार्थना गर्न समेत आह्वान गरेका थिए ।
कोरोनामुुक्तको घोषणा गरेसंगै तान्जानियामा अब विश्वविद्यालयहरु, हाइस्कुुलहरु र यात्रा क्षेत्र पुुनः खुुल्ला गरिएको छ । तथापि प्राथमिक र माध्यमिक स्कुुलहरु भने बन्द अवस्थामै रहेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago