काठमाण्डौ । विश्वकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रति लगानीकर्ताहरुको उत्साह देखिएको छ।
चीनको आन्ट ग्रुपको यो आईपीओले बेलायतको गत वर्षको जीडीपीबराबरको बोलकबोल प्राप्त गरेको छ। आन्ट चीनको दिग्गज ई–कमर्स ग्रुप अलीबाबासँगै सम्बद्ध फाइनान्सियल टेक्नोलोजी कम्पनी हो।
आन्टले हङकङ र संघाई स्टक एक्सचेन्जमा सूचीबद्धताका लागि आवेदन दिएको छ। यो आईपीओले हङकङ र संघाईमा दोहोरो सूचीबद्धताका लागि व्यक्तिगत लगानीकर्ताहरुबाट ३ लाख करोड डलरको बोलकबोल प्राप्त गरेको हो। जुन बेलायतको गत वर्षको जीडीपीबराबर हो।
न्युज एजेन्सी ब्लुमबर्गका अनुसार हङकङमा भएको बिडिङ (बोलकबोल) यति धेरै थियो कि एउटा ब्रोकरेज प्लेटफर्म केही समयका लागि बन्द गर्नुपरेको थियो। संघाईमा पनि खुद्रा श्रेणीमा डिमान्ड सप्लाईभन्दा ८७० गुणा अधिक थियो।
भारी मात्रा देखिएको बोलकबोललाई ध्यानमा राख्दै एक्सपर्टहरुले ३४ अर्ब डलरको यो आईपीओमा सबै आवेदकलाई सेयर बाँडफाँड गर्न असम्भव रहेको जनाएका छन्।
यो आईपीओप्रति लगानीकर्ताहरु निकै आकर्षित देखिएका छन्। आन्ट ५ नम्बर एक्सचेन्जहरुमा सूचीबद्ध हुन सक्छ। लगानीकर्ताहरु यो आईपीओको सूचीबद्धताको प्रतीक्षामा छन्। उनीहरुलाई विश्वास छ कि सूचीबद्धताको बेला यो आईपीओमा बम्पर मुनाफा हुनेछ।
चीनको आन्ट गु्रप थुप्रै किसिमको फाइनान्सियल प्रडक्टहरु परिचालन गर्छ। यी प्रडक्टमा चीनको अलीपे डिजिटल वालेट पनि समावेश छ। यो विश्वकै सबैभन्दा ठूलो मनी मार्केट फन्डमध्ये एउटा हो।
आन्ट ग्रुपको कुल भ्याल्यू न्यूनतम १५० बिलियन डलर छ। अलीबाबा ग्रुपको आन्टमा ३३ प्रतिशत हिस्सा रहेको छ।
यसअघि विश्वको दिग्गज तेल कम्पनी साउदी आरामकोले २९ अर्ब डलरको आईपीओ निष्कासन गरेको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago