काठमाण्डौ । विश्वका सबैभन्दा धनीव्यक्ति जेफ बेजोसको कम्पनीले पहिलोपटक महिला अन्तरिक्षयात्री चन्द्रमामा पठाउने भएको छ।
ई–कमर्स कम्पनी अमेजनका फाउन्डर जेफ बेजोसले इन्स्टाग्राहमा एउटा भिडियो सेयर गर्दै यस्तो जानकारी गराएका हुन्। उनले आफ्नो भिडियोमा लेखेका छन् कि ‘यो त्यही इन्जिन हो, जसले पहिलोपटक कोही महिलालाई चन्द्रमाको सतहमा लैजाने छ।’
बेजोसको एयरोस्पेस कम्पनी ब्लु ओरिजिनले छिटै विश्वमै पहिलोपटक कुनै महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा लैजानेछ।
बेजोसले भिडियोमा सेयर गरेका इन्जिनको नाम बीई–७ हो। यो हाइड्रोजन अक्सिजन लुनार ल्यान्डिङ इन्जिने हो। यसको थस्र्ट १० हजार आईबीएफ रहेको छ।
यो इन्जिनको टेस्टिङ नाशा मार्सलमा पनि गरिएको थियो। बेजोसले सेयरको भिडियो नासा स्पेस फ्लाइट सेन्टर, अल्बामा खिचिएको थियो।
यो इन्जिनमा ह्युमन ल्यान्डिङ सिस्टम छ। जसलाई एचएलएस ल्यान्डर भनिन्छ।
बेजोसको कम्पनीले नासासँग मिलेर सन् २०२४ मा महिला अन्तरिक्षयात्रीलाई चन्द्रमाको सतहमा उतार्ने बताइएको छ। – एन्जेसी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19