काठमाण्डौ । अमेजनका सीईओ तथा विश्वकै सबैभन्दा धनी व्यक्ति जेफ बेजोसले आगामी ५ जुलाईमा सीईओ पद छाड्ने भएका छन् । 

बेजोसले सीईओ पद छाडेपछि अमेजनका अर्का अधिकारी एन्डी जेसीले कम्पनीको सीईओ पदको जिम्मेवारी सम्हाल्नेछन् । 

आजभन्दा २७ वर्षअघि ५ जुलाईमा नै बेजोसले कम्पनीको सुरुवात गरेका थिए र अब यहि दिन नै उनी सीईओ पदबाट हट्दैछन् । 

जेफ बेजोसले अमेजनको सुरुवात इन्टरनेटमा केही किताबहरु बिक्री गर्दै गरेका थिए र कम्पनीलाई अहिलेको उचाइसम्म ल्याइपुर्याउन उनले कुनै पनि कसर बाँकी राखेका छैनन् । 

बेजोसले गत बुधबार आफूले सीईओ पद छाड्न लागेको बताएका थिए । उनले आफुले २७ वर्षअघि अर्थात सन् १९९४ जुलाई ५ मा कम्पनीको स्थापना गरेको र सन् २०२१ जुलाई ५ कै दिन सीईओ पद त्याग्न लागेको बताएका छन् । उनले भावुक हुँदै कम्पनीका सेयरधनीहरुलाई यसको जानकारी दिएका हुन् । 

यस क्रममा उनले अब अन्य भेन्चर्स कम्पनी जस्तै बेजोस अर्थ फन्ड, ब्लुु ओरिजीन स्पेशसीप, अमेजन डे वान फन्ड तथा द वासिङ्टन पोस्टमा केन्द्रित हुने  योजना बनाएको बताएका छन् । 

कम्पनीले गत फेब्रुुअरी महिनामा बेजोसले सीईओ पद त्याग्ने घोषणा गरेको थियो । बेजोस अहिले ५७ वर्षको भएका छन् । अहिले उनको नेटवर्थ १८९ अर्ब अमेरिकी डलर रहेको छ । सीईओ पद छाडे पनि उनी कम्पनीको कार्यकारी अध्यक्ष भने रहिरहने छन् । यसपश्चात उनी नयाँ प्रडक्ट र योजनाहरुमा केन्द्रित हुनेछन् । 

यस्तै उनले आफूले हलीवुड स्टुडियो मेट्रो–गोल्डविन–मेयर(एमजीएम)लाई ८.४५ अर्ब डलरमा खरिद गर्ने बताएका छन् । यसमा उनले भिडियो स्ट्रीमिङ सेवाका साथै अधिक सो तथा मुभिजहरुको फाइलिङ गर्ने योजना बनाएको बताएका छन् । एमजीएम स्टुडियोसँग जेम्स बोन्डको सबै फिल्महरुको अधिकार रहेको छ । 

बेजोसले सन् २०२० मा प्रत्येक सेकेन्डमा २.८९ लाख डलर आर्जन गरेका थिए । बजोसलाई चिन्नेहरु उनी सधै समयभन्दा अघि चल्ने गरेको बताउँछन् ।

सन् १९८२ मा हाई स्कुल पढ्दा बेजोसले पृथ्वी सीमित भएको र यदि विश्वको जनसंख्या र अर्थतन्त्र निरन्तर बढिरहे मानिससँग अन्तरिक्षमा जाने एक मात्रै विकल्प बाँकी रहने बताएका थिए । नभन्दै सन् २००० मा बेजोसले ब्लु ओरिजिनको स्थापना गरे । यसको दुुई वर्षपछि एलम मस्कले स्पेस एक्स स्थापना गरे । तर ब्लू ओरिजिनले खासै केही उपलब्धी गर्न सकेन । तर यतिबेला अन्तरिक्षमा सम्भावना देख्दै बेजोफले पुनः यसतर्फ ध्यान दिइरहेको बताइएको छ । ब्लू आरिजिनले यसै वर्षको अप्रिल महिनामा पर्यटकहरुलाई अन्तरिक्षमा पठाउने सुरुवात गर्न गइरहेको छ । यस्तै बेजोसको चन्द्रमामा मानव बस्ती बसाल्ने योजना समेत रहेको छ ।