काठमाण्डौ । अमेरिका यो वर्षभित्रै साउदी अरबलाई पछार्दै विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश बन्नसक्छ । अमेरिकी  तेल कम्पनीहरुले तेलको बढ्दो मूल्यका कारण उत्पादन बढाउने आकर्षण बढाइरहेका छन् । अन्तर्राष्ट्रिय उर्जा एजेन्सी(आइईए)ले आफ्नो रिपोर्टमा लेखेको छ कि अमेरिकाले यो वर्ष विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक देश बन्ने कसम खाएको छ ।

आइईएकाअनुसार अमेरिकामा हाल प्रतिदिन ९९ लाख ब्यारेल क्रुड आयल(कच्चा तेल)को उत्पादन हुन्छ । यो हिसाबले समेत अमेरिकामा कच्चा तेलको उत्पादन ५० सालकै सबैभन्दा बढी भइरहेको छ । यहीकारण अमेरिका साउदी अरब भन्दा अगाडि आउने कोशिश गरिरहेको छ । बढ्दो क्रूड उत्पादनलाई हेरेर समेत धेरैले अमेरिकामा निकट भविष्यमै दैनिक कच्चा तेलको उत्पादन १ करोड ब्यारेलभन्दा माथि हुने आशा गरेका छन् । यो स्तरमा अमेरिकाको तेल उत्पादनले गति लियो भने साउदी अरबलाई उछिन्न अमेरिकाले त्यति धेरै मेहेनत समेत गर्नुपर्ने छैन ।

सन् २०१३ मा आपूर्तिमा भएको वृद्धिसँगै तेलको मूल्य प्रतिब्यारेल ३० डलरसम्म झरेको थियो । तर, ओपेक र नन्ओपेक देशले उत्पादन घटाउनका लागि सन् २०१६ मा एक सम्झौता गरेका थिए, जुन अझै जारी छ । भूराजनीतिक तनाव बढेपछि र कच्चा तेलको स्टक घटेपछि २०१४ पछि कच्चा  तेलको मूल्य पहिलोपटक ७० डलर माथि पुगिसकेको छ ।

अमेरिका सन् १९७५ देखि नै तेलको मामलामा ग्लोबल लिडर होइन । रुस तथा साउदी अरब तेल उत्पादनमा अमेरिका भन्दा अगाडि छन् ।

अमेरिकाको रिसर्च कम्पनी रायस्टेड इनर्जीले जनवरीको सुरुवातमा जारी गरेको आफ्नो एउटा रिपोर्टमा भनेको थियो कि अमेरिकाले माग बढेसँगै कच्चा तेलको उत्पादन बढाएको छ, यो अवस्था निरन्तर रहे अमेरिकाले साउदी अरब र रुसलाई  समेत उछिन्नेछ । कच्चा  तेल उत्पादन गर्ने एक विशेष मेसिन शेलका  कारण समेत त्यहाँ उत्पादन बढिरहेको कम्पनीको दाबी छ ।