 
                     
                                
                             
                                    काठमाण्डौ । प्राविधिक समस्याका कारण बिहीबार विश्वभरका थुप्रै देशहरुको इन्टरनेटले अचानक काम गरेन। यसका कारण थुप्रै वेबसाइट र मोबाइल एप सेवा बन्द भए।
ती वेबसाइटमा डीएनएस इरर देखिएको थियो। जसका मतलब उनीहरुको कमान्ड वेबसाइटसम्मको पहुँच पुग्न सकेन।
इन्टरनेट बन्द हुँदा अमेजन, पेटीएम, डिज्नी हटस्टार, एयर बीएनबी, यूपीए, एचएसबीसी बैंक, ब्रिटिस एयरवेज र प्लेस्टेसन नेवर्टकका सेवाहरु अवरुद्ध हुन पुगेका थिए। यो समस्या डीएनएस प्रदाता अकामाईको डीएनएस सेवामा आएको प्राविधिक समस्याका कारण उत्पन्न भएको थियो।
डीएसनको अर्थ हुन्छ डोमेन मेन सिस्टम। यो इन्टरनेटको फोनबुक हो। यो डोमेन नेम कुनै पनि कम्प्युटरको आईपी एड्रेससँग जोडिन्छ। ता कि प्रयोगकर्ताको पहुँच कुनै पनि वेबसाइटसम्म पुगोस्।
केही घन्टापछि अकामाईले ट्विट गर्दै प्राविधिक समस्या हल भएको र पहिलेजस्तै इन्टनेटले काम गर्न थालेको जानकारी गराएको थियो। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19