 
                     
                                
                             
                                    काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र अमेरिकामा मन्दीको संकेतले एसियाली बजारमा पहिरो गएको छ।
आज सोमबारको कारोबारमा एसियाली बजार पहिरो गएको हो। जापानको निक्केई २.७१ प्रतिशतको ठूलो गिरावटका साथ कारोबार गरिरहेको छ। हङकङको ह्याङसेङमा ०.७८ प्रतिशत र चीनको सांघाई कम्पोजिटमा ०.१४ प्रतिशतले घटेको छ।
यसको प्रभाव आज भारतीय सेयर बजारमा देखिएको छ। कारोबार सुरु हुनुअघि नै सेन्सेक्स प्रि–ओपन सेसनमा करिब १५०० अंकले घटेको छ। प्रि–ओपन सेसन खुलेपछि बीएसई सेन्सेक्स र एनएसई निफ्टी ठूलो गिरावटमा हो।
आर्थिक मन्दीपछि पनि अमेरिकामा ब्याजदर बढेकोले राहत नपाउने संकेतका कारण विश्वभरका बजारमा भारी गिरावट आएको छ। फेडरल रिजर्भको संकेत पाएपछि गत साताको अन्तिम दिन शुक्रबार अमेरिकी सेयर बजारमा भारी गिरावट आएको थियो।
डाउ जोन्स इन्डस्ट्रियल एवरेज ३.०३ प्रतिशतको ठूलो गिरावटको साथ बन्द भयो। टेक–केन्द्रित सूचकांक नास्डक कम्पोजिट ३.९४ प्रतिशत र एस एन्ड पी ५०० ३.३७ प्रतिशत तल झरेको थियो। –एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19