काठमाण्डौ । लक्जरी कारका साथसाथै भीआईपी र फेन्सी नम्बर प्लेटको पनि मानिसमा क्रेज छ। मानिसले यी फ्यान्सी नम्बरको खरिदका लागि सबैभन्दा ठूलो बोली पनि लगाउँछन्। 

यी नम्बर भारतमा आरटीओ कार्यालयहरुले पनि बेच्छन्। तर, पछिल्लो घटना दुबईको हो। जहाँ विश्वकै सबैभन्दा महँगो नम्बर प्लेट बिक्री भएको छ। तपाइँले यो दुई अक्षरको नम्बर प्लेटको मूल्यमा सयौँ टोयोटा फर्च्युनर एसयूभीहरु किन्न सक्नुहुन्छ।

दुबईमा आयोजित एक लिलामीमा एक व्यक्तिले आफ्नो कारका लागि ‘पी७’ दर्ता प्लेट किनेका छन्। यो नम्बरका लागि कुल ५५ लाख दिरहम (करिब १ अर्ब ९६ करोड रुपैयाँ)को बोली लागेको थियो। झन्डै २ अर्ब रुपैयाँ मूल्यको यो नम्बर प्लेट यस वर्ष लिलामी हुने विश्वकै महँगो नम्बर प्लेट मानिएको छ। 
यसअघि यस्तो रेकर्ड एक बुगाटी कार मालिकको नाममा थियो। उनले करोडौँ खर्चेर ‘एफ१’ नम्बर प्लेट किनेका थिए। 

नम्बर प्लेटको प्रारम्भिक बोली १५ लाख दिरहम थियो र केही सेकेन्डमै बोली ३ करोड नाघेको थियो। त्यसपछि बोली केही मिनेटका लागि २५मिलियनमा स्थिर भयो। यसबीच भीडबाट अर्को बोली लगाइयो र यो नम्बर प्लेटको मूल्य ५.५ मिलियन दिरहम पुग्यो। यो अन्तिम बोली थियो र यसको खरिदकर्ताले आफ्नो नाम खुलासा नगरी ५.५ मिलियन दिरहममा नम्बर प्लेट किनेका थिए। यसपछि लिलामी हल तालीको गर्जनले गुन्जियो।

जुमेराहको फोर सिजन होटेलमा आयोजित उक्त कार्यक्रम इमिरेट्स अक्सन, दुबई रोड्स एण्ड ट्रान्सपोर्ट अथोरिटी, इटिसलात र डुले आयोजना गरेको थियो। कार्यक्रममा अन्य धेरै भीआईपी नम्बर प्लेट र फोन नम्बरहरु लिलामी गरिएको थियो र यस लिलामी प्रक्रियाबाट रमजान खाना अपिलका लागि करिब ९७ लाख २० हजार दिरहम संकलन भएको छ। लिलामीबाट प्राप्त रकम एक बिलियन खाना अभियानमा जानेछ। जुन विश्वव्यापी भोकमरीविरुद्धको प्रयासलाई बढावा दिन सुरु गरिएको हो। –एजेन्सी