काठमाण्डौ । कोरोना महामारी नियन्त्रण र रोकथाम लगाइएका प्रतिबन्धहरुका कारण विश्वमा खाद्यपदार्थको मूल्यमा व्यापार बढोत्तरी भएको देखिएको छ।
संयुक्त राष्ट्रले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पछिल्लो खाद्यपदार्थको मूल्यमा व्यापक बढोत्तरी भएको देखिएको हो। खाद्यपदार्थमा पछिल्लो १२ महिनाको बढोत्तरी पछिल्लो एक दशकयताकै बढी रहेको प्रतिवेदनमा उल्लेख छ।
महामारीका कारण आपूर्ति, उत्पादन तथा ढुवानीमा उत्पन्न समस्याका कारण खाद्यपदार्थको मूल्यमा व्यापक वृद्धि भएको देखिएको छ। यसले विश्वमा आर्थिक मन्दी बढाउने चिन्ता पनि व्यक्त गरिएको छ।
संयुक्त राष्ट्रको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनको फुड प्राइस इन्डेक्सले विश्वभरका अन्न उत्पादन, डेरी उत्पादन र मासुको मूल्यमा निगरानी राखेको हुन्छ। यो इन्डेक्सअनुसार मे महिनामा खाद्यपदार्थको मूल्य ३९.७ प्रतिशतले बढेको छ। जुन सन् २०१० अक्टोबरयताकै उच्च हो।
वनस्पति तेल, अन्न र सख्खरको मूल्यमा भएको वृद्धिले खाद्यपदार्थको मूल्यमा व्यापार बढोत्तरी भएको प्रतिवेदनमा उल्लेख छ। ‘यो वृद्धि केही देशमा खाद्यपदार्थको मागमा आएको परिवर्तन र पछिल्लो समय उत्पादनमा भएको कमीको नतिजा हो’, प्रतिवेदनमा भनिएको छ।
प्रतिबन्धहरुका आवातजावतमा कठिनाइ उत्पन्न हुँदा बजार र आपूर्तिको सन्तुलन अवरुद्ध हुँदा खाद्यपदार्थमा महँगी बढेको प्रतिवेदनमा जनाइएको छ। विशेषज्ञहरुले उत्पादनमा भएको कमीका कारण प्रतिबन्धहरु सहज हुँदै गएको अवस्थामा पनि अर्थव्यवस्थामा मन्दीको अवस्था सिर्जना हुन सक्ने चेतावनी दिइएको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago