काठमाण्डौ । विश्वमा ४० वर्षमुनिका ८७ जना अर्बपति छन्।
पछिल्लो एक वर्षमा मात्रै विश्वमा ४० वर्षमुनिका अर्बको सूचीमा ८ जनाको नाम थपिएको छ। पछिल्लो ५ वर्षमै ४० वर्षमुनिका अर्बपतिको संख्या झन्डै दोब्बरले बढेको हाईविन वेल्थद्वारा हालै जारी गरिएको सूचीबाट देखिएको छ।
हुरुन ग्लोबल फोर्टी र अन्डर सेल्फ–मेड बिलियनियर्स–२०२२ को सूचीअनुसार ४० वर्षमुनिका अर्बपतिहरुको सूचीमा अमेरिकाका ३७ अर्बपतिको नाम समावेश छन्। त्यसपछि चीनका २५ अर्बपतिको नाम सूचीकृत छ। ८ अर्बपतिसहित बेलायतले भारतलाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ।
पछिल्लो एक वर्षमा ४० वर्षमुनिका अर्बपतिमा अमेरिकाका ६ जना र बेलायतमा ५ जना अर्बपति थपिएका छन्। चीनका ५ जना अर्बपति भने यो सूचीबाट हटेका छन्।
भारत ६ अर्बपतिसहित यो सूचीमा चौथो स्थानमा छ। पछिल्लो एक वर्षमा भारतमा दुईजना ४० वर्षमुनिका अर्बपति बनेका छन् ।
नेटवर्थको हिसाबले ४० वर्षमुनिका अर्बपतिको सूचीको शीर्षस्थानमा फेसबुकका संस्थापक मार्क जुकरबर्ग छन्। उनी ३७ वर्षका छन्।
त्यस्तै टिकटकका संस्थापक ३९ वर्षीय झाङ यिमिङ दोस्रो स्थानमा छन्। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago