काठमाण्डौ । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर पुगेको छ ।
फ्रान्सेली नागरिक मेएज यस्तो उपलीब्ध हासिल गर्ने विश्वको पहिलो महिला बनेकी छन् ।
उनी धनाढ्यको सूचीमा भारतीय धनाढ्य मुकेश अम्बानीभन्दा एक स्थान माथि १२ औँ स्थानमा छिन् । मेएज विश्वको सबैभन्दा ठूलो कस्मेटिक लोरियलको होल्डिङ कम्पनी तित्सको अध्यक्ष र लोरियल ग्रूपको सञ्चालक समितिको उपाध्यक्ष हुन् ।
गत वर्ष लोरियलको बिक्री ४२ अर्ब डलर थियो । यस वर्ष कम्पनीको सेयर ३४ प्रतिशतले बढ्दै अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
लोरियलमा माएज र उनको परिवार ३४ प्रतिशत स्वामित्व छ । मेएज विश्वको सबैभन्दा धनी महिला हुनुका साथै परोपकारी र लेखक पनि हुन् । लोरियलसँग लानकोम र गार्नीअर जस्ता चर्चित ब्राण्डहरु पनि समावेश छन् । गत वर्ष कम्पनीको आम्दानी ४१.९ अर्ब डलर थियो ।
ब्लुमबर्गको रिपोर्टका अनुसार यस वर्ष मेएजको कुल सम्पत्तिमा २८.६ अर्ब डलरको उछाल आएको छ । यससँगै उनको सम्पत्ति १०० अर्ब डलर पुगेको छ ।
उनी यसअघि विश्वको धनाढ्यको सूचीमा शीर्ष १० भित्र परेकी थिइन् । तर उनको सम्पत्ति १०० अर्ब डलर पुगेको भने पहिलो पटक हो ।
मेएजको कम्पनी लोरियल उनको आमाले स्थापना गरेकी थिइन् । मेएज सन् १९९७ देखि कम्पनीको सञ्चालक समितिमा छिन् । सन् २०१७ मा आमाको निधन भएपछि मेएज विश्वका अर्बपतिहरुको सूचीमा पर्न थालेकि हुन् । यसअघि विश्वकी सबैभन्दा धनाढ्य महिलाको उपाधि उनकी आमासँग थियो ।
मेएज फ्रान्सको दोस्रो सबैभन्दा धनी व्यक्ति हुन् । फ्रान्सको सबैभन्दा धनाढ्य व्यक्ति बनार्ड अरनल्ट हुन् । उनको सम्पत्ति १७९ अर्ब डलर छ । -एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19