काठमाण्डौ । गुगलको माउ कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले सन् २०२० मा कम्पेन्सेसनका रुपमा २८१ मिलियन डलर (नेरु ३२०० करोडभन्दा बढी) पाए। यो विश्वमै कुनै एक्जिक्युटिभले पाएको सबैभन्दा धेरै कम्पेन्सेसन हो। 

पिचाई गत वर्ष गुगलको सीईओबाट पदोन्नति भई अल्फाबेटको सीईओ बनेका थिए। उनको तलबको ठूला हिस्सा स्टक छ, जुन यो कुरामा निर्भर हुन्छ कि एस एन्ड पी १०० इन्डेक्समा अन्य कम्पनीको तुलनामा अल्फाबेट स्टकमा कस्तो प्रतिफल पाइन्छ। यस्तोमा पिचाइको आम्दानी २८१ मिलियन डलरभन्दा बढी पनि हुन सक्छ वा घटी पनि हुन सक्छ। 

सन् २०१९ मा पिचाईको तलब ६.५ लाख डलर

नियामक निकायलाई दिइएको जानकारीअनुसार सन् २०१९ मा पिचाईको वार्षिक तलब ६.५ लाख डलर थियो। यो वर्ष २०२० मा यो बढेर २० लाख डलर हुँदैछ। कम्पनीका तर्फबाट जम्मा गरिएअनुसार सीईओले पाउने कम्पेन्सेन अल्फाबेटको औसत तलबको १०८५ गुणा हुन आउँछ। 

गुगलले नयाँ भर्ती नगर्ने

पिचाईलाई सन् गुगलको सीईओबाट प्रमोट गरेर अल्फाबेटको सीईओ बनाइएको थियो। उनले लैरी पेजको स्थान लिएका थिए। अहिले पिचाईको अगाडि कोरोना संकट ठूलो चुनौतीका रुपमा खडा छ। कम्पनीले पहिले नै घोषणा गरिसकेको छ कि उसले नयाँ कर्मचारी भर्ती गर्ने छैन। कम्पनीले नयाँ क्षेत्रमा लगानी पनि नगर्ने घोषणा गरिसकेको छ। – एजेन्सी