काठमाण्डौ । विश्व सेयर बजारमा गिरावट आएको छ। 

विगत लामो समयदेखि बढेको अमेरिकाको डाउ जोनमा मंगलबार १.४ प्रतिशत अथवा ४७४ अंकको गिरावट आएको छ। ब्रिटेनको फुट्सी–१०० पनि २.४७ प्रतिशतले गिरावट आएको छ। फुट्सी ७००० तल अर्थात ६९४७.९९ मा बन्द भएको छ भने डाउ जोन ३४२६९.१६ अंकमा झरेको छ। 

यसैगरी एसियन, युरोपियन र ताइवनका स्टक मार्केटमा पनि गिरावट आएको छ। नास्डकमा पनि २ प्रतिशतले गिरावट आएको छ भने फ्रान्सको काक ४० र जर्मनीको ड्याक्समा पनि गिरावट आएको छ। ब्रिटिस एयरलाइन्समा पनि ७ प्रतिशतले गिरावट आएको छ। 

अमेरिकी फेडरल रिजर्भ बैंकले २ प्रतिशतले ब्याजदर बढाउने भएपछि विश्व सेयर बजारमा गिरावट आएको हो। मार्च महिनामा अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन राहात प्याकेज ल्याएका थिय। जसअन्तर्गत हरेक नागरिकलाई जागिर गुमाएकोमा सामाजिक सुरक्षा तथा शिक्षाका लागि भन्दै १४ सय डलर दिइएको थियो। 

रिजर्भ बैंकले उक्त राहातको पैसाले मुद्रास्फीति बढाएको अनुमान गर्दै नियन्त्रणका लागि भन्दै पुनः ब्याजदर बढाउन लागेको हो। 
त्यसैगरी ब्रिटेनमा पनि मुद्रास्फीति बढेर गएको बताइएको छ। – एजेन्सी