काठमाण्डौ । सन् २०२० मा विश्वका १ प्रतिशत वयस्क पहिलोपटक करोडपति बनेको तथ्यांक सार्वजनिक भएको छ।
विश्वविख्यात अनुसन्धान कम्पनी सुइसले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। तथ्यांकअनुसार कोरोना महामारीबीच करोडपति बन्नेको संख्या संसारभर ५२ लाख थपिएर ५ करोड ६१ लाख पुगेको छ।
यसरी करोडपति बन्नेको मुख्य कारण सेयर बजारमा आएको बढोत्तरी तथा घरको मूल्य आकासिनु नै रहेको अनुसन्धानले देखाएको छ।
द ग्लोबल वेल्थ रिपोर्टका लेखक तथ अर्थशास्त्री एन्थनी सोरक्सले महामारीका सुरुआतमा विश्वव्यापी बजारमा तीव्र अनि अल्पकालीन असर परेको थियो। तर, जुन २०२० को अन्त्यबाट त्यो उल्टिन थाल्यो।
उक्त अनुसन्धानले गरिबको सम्पत्ति झनै घटेको देखाएको छ। ब्याजदर बढेसँगै सम्पत्तिमा भने नकारात्मक असर पार्ने सम्भावना रहेको अनुसन्धानले औंल्याएको छ।
एक्काइसौँ शताब्दीमा सम्पत्ति १० हजार डलरदेखि १ लाख डलरसम्म हुने मानिसको संख्या तीन गुणले बढेको.छ । – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19