काठमाण्डौ । अमेरिकासहित विश्वभर सेयर बजारमा बुधबार ओरालो लाग्दा विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्तिमा भारी आएको छ। यो दिन धनाढ्यहरुको सम्पत्ति कुल ३३ अर्ब डलरले घटेको छ। 

सेयर बजार घट्दा विश्वमा सबैभन्दा धनीव्यक्ति एलन मस्कले सबैभन्दा गुमाएका छन्। ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार उनको सम्पत्तिमा ८.९६ अर्ब डालरले घटेको छ। योसँगै उनको सम्पत्ति २०० अर्ब डालर तल झरेको छ। 

हालै सोसल मिडिया प्लेटफार्म ट्विटर खरिद सम्झौता पूरा गरेका मस्कको सम्पत्तिमा यो वर्षमात्रै ७५.४ अर्ब डलरको गिरावट आएको छ। हाल उनको कुल सम्पत्ति १९५ अर्ब डालरमा झरेको छ। 

विद्युतीय कार बनाउने कम्पनी टेस्ला (टेस्ला) को सेयरमा यो वर्ष धेरै घटेको छ। जसका कारण मस्कको सम्पत्तिमा गिरावट आइरहेको छ। 

विश्वका धनाढ्यहरुको सूचीमा दोस्रो स्थानमा रहेका फ्रान्सका बर्नार्ड आरनल्टको सम्पत्तिमा बुधबार ४.५९ अर्ब डालरको गिरावट आएको छ। अब उनको कुल सम्पत्ति १३६ अर्ब डलरमा सीमित बनेको छ। 

धनाढ्यको सूचीमा तेस्रो नम्बरमा रहेका भारतका गौतम अडानीको सम्पत्ति पनि ७१ करोड डालरले घटेको छ।  उनको कुल सम्पत्ति १२९ अर्ब डालर झरेको छ। 

अमेजनका संस्थापक जेफ बेजोसको सम्पत्ति पनि बुधबार ४.७५ अर्ब डालरले घटेको छ। उनको कुल सम्पत्ति ११५ अर्ब डलरमा खुम्चिएको छ। 

माइक्रोसाफ्टका संस्थापक बिल गेट्सको सम्पत्ति पनि घटेर १०७ अर्बमा झरेको छ। बुधबार उनको सम्पत्तिमा २.१५ अर्ब डलरको गिरावट आएको छ। 

त्यस्तै विश्वका धनाढ्यहरुको सूचीमा छैटौँ स्थानमा रहेका दिग्गज लगानीकर्ता वोरेन बफेटको सम्पत्ति पनि बुधबार १.४३ अर्ब डालरले घटेर १०१ अर्ब डालरमा खुम्चिएको छ। लैरी एलिसनको सम्पत्तिमा २.४१ अर्ब डलर, लैरी पेजको २.७० अर्ब डलर, स्टिभ बाल्मरको २.५८ अर्ब डालर र सगेई ब्रिनको सम्पत्तिमा २.५९ अर्ब डलरको गिरावट आएको छ। –एजेन्सी