काठमाण्डौ । कोरोनाभाइरसको प्रकोपले यो वर्ष विश्व अर्थव्यवस्थामा २ हजार अर्ब डलरको नोक्सानी हुने अनुमान गरिएको छ।
संयुक्त राष्ट्रको व्यापार तथा विकास एजेन्सीले यो वर्ष विश्व अर्थव्यवस्थामा ठूलो नोक्सानी हुनुका साथै कतिपय देशमा मन्दी आउने अनुमान पनि गरेको छ। एजेन्सीले विश्व आर्थिक वृद्धिदर घटेर २.५ प्रतिशतभन्दा कम पनि पनि जनाएको छ।
संयुक्त राष्ट्रसंघका आधिकारिक ट्विटरमा भनिएको छ, ‘यो वर्ष कोरोनाभाइरसको प्रकोपले विश्व अर्थव्यवस्थामा २ हजार अर्ब डलरको नोक्सानी हुन सक्छ। यो भाइरसबाट उत्पन्न हुने नाकात्मक आर्थिक प्रभावलाई कम गर्न तत्काल कुनै उपाय अवलम्बन गरिनुपर्छ।’
एजेन्सीको विश्वकरण तथा विकास रणनीति विगभाका निर्देशक रिचर्ड कोजुल राइटले हालै विश्व अर्थव्यवस्थापमा कारोनाभाइरसले मन्दी छाउने प्रक्षेपण गरेका थिए। उनले विश्व अर्थव्यवस्थामा १ हजार अर्ब डलरसम्मको नोक्सानी हुने अनुमान गरेका थिए।
एजेन्सीले कोरोनाको महामारीबाट मानवीय अवस्थामा दुखद् परिणाम ल्याउनुका साथै आर्थिक अनिश्चितता पनि फैलिने जनाएको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19