काठमाण्डौ । कोरोनाभाइरसको अतिप्रभावका विश्व गम्भीर आर्थिक मन्दीतिर अगाडि बढिरहेको छ।
विश्वव्यापी महामारी कोरोनाका कारण कच्चा तेल, सेयर, सुन, चाँदीलगायतमा भारी गिरावट आउनुका साथै उद्योग–व्यापारमा नकारात्मक प्रभाव परेका कारण विश्व आर्थिक मन्दीको चपेटमा पर्ने सम्भावना बढेको अर्थविद्हरु बताउँछन्।
अमेरिकी अर्थशास्त्री मोर्गन स्टेनले यो वर्ष विश्व आर्थिक वृद्धिदर ०.९ प्रतिशतमा झर्न सक्छ। तत्कालका लागि आर्थिक वृद्धिदरको सम्भावना न्यून रहेको उनको भनाइ छ।
स्टेनको टोली गरिरहेको अध्ययनले अब विश्वभर मन्दीको खतरा मडारिरहेको देखाएको छ। यो टिम अवस्था सामान्य बन्दै गएमा जुन महिनापछि आर्थिक वृद्धिदर बढ्न सक्ने निक्र्यौल निकालेको छ।
अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को तथ्यांकले यो मन्दी सन् २००९ मा जस्तो नहुने देखाएको छ। त्यतिखेर विश्व आर्थिक वृद्धिदर ०.८ प्रतिशत थियो। तर अबको मन्दी सन् २००१ र १९९० को दशकको सुरुआतमा देखिएको मन्दीभन्दा धेरै हुने आईएमएफको तथ्यांकले देखाएको छ।
अर्थशास्त्री स्टेनले पहिले कोरोना रोकथामको प्रयास हुनुपर्ने र यो नियन्त्रणमा आएपछि मात्र आर्थिक वृद्धिदर उकास्नका लागि उचित कदम चालिनुपर्ने बताए। तर यो भाइरस कहिलेसम्म नियन्त्रण होला भन्ने यकिन गर्न अझै टाढाको कुरो बनेको छ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago