काठमाण्डौ । अन्तर्राष्ट्रिय मुुद्रा कोषकी(आइएमएफ) प्रमुुख अर्थशास्त्री गिता गोपिनाथले कोरोनाभाइरसको महामारीका कारण प्रभावित बनेका विश्वका आर्थिक गतिविधिहरु सन् २०२१ को अन्त्यसम्म पनि पूर्ण रुपमा रिकभर नहुुने बताएकी छिन् । 

आइएमएफले यही साता आफूले पहिले प्रक्षेपण गरेका आर्थिक आँकडाहरुलाई घटाएको थियो । 

अहिले आइएमएफले अर्काे वर्ष विश्वको अर्थतन्त्र ५.८ प्रतिशतले बढ्नुुभन्दा पहिले यो वर्ष ३ प्रतिशतले खुुम्चने अनुुमान लगाएको छ । यसलाई गोपीनाथले आंशिक रिकभरी भनेर व्याख्या गरेकी छिन् । “हामीसँग २०२१ का लागि ५.८ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण रहेको छ ।” गोपीनाथले सिएनबिसीसँग भनिन् । 

“कोरोनाभाइरसको महामारी सुुरु हुुनुुभन्दा पहिले हामीले प्रक्षेपण गरेको भन्दा सन् २०२१ को अन्त्यसम्म कम आर्थिक गतिविधिहरु हुुने अनुुमान लगाएका छौं । ” उनले थपिन् । 

विश्वभर तीव्र गतिमा फैलिएको कोरोनाभाइरसले विश्वभरका २० लाख जनसंख्या संक्रमित भइसकेका छन्, जसले गर्दा विश्वका अधिकारीहरुले स्कुुल, व्यापार व्यवसाय र आर्थिक गतिविधिहरु बन्द गर्ने निर्णय गरेका छन् । 

विश्वभरका देशहरु र केन्द्रिय बैंकहरुले कोरोना महामारीले सुुस्त बनाएको आर्थिक गतिविधिलाई तीव्रता दिन चालेका कदमहरुलाई गोपीनाथले आक्रामक र तीव्रताको संज्ञा दिएकी छिन् । “यदि तपाइले विश्वको वित्तिय संकटसँग तुुलना गर्नुु भयो भने अहिलेका प्रतिक्रियाहरु त्यत्तिकै तीव्र छन् र यसको परिणाम त्यो भन्दा पनि ठूलो छ ।” उनले भनिन् । 

उनकाअनुुसार अहिले विश्वभरका देशहरुले अर्थतन्त्रलाई उकास्न ल्याएका आर्थिक प्याकेजहरुलाई जोड्दा करिब ८ ट्रिलीयन डलर पुुग्दछ । उनले यो रकमको रुपमा वितरण नभएको बताइन् । यसका साथै ७ ट्रिलीयन डलर त केवल जी २० देशका राष्ट्रहरुले मात्रै घोषण गरेका छन् ।