काठमाण्डौ। निरन्तर बढेको विश्वका ठूला बेन्चमार्कहरु डाउजोन र एस एन्ड पी–५०० मा यो साता गिरावट आएको छ। 

डाउजोन ५६९ अंकले ओरालो लाग्दै ३४२९९.९९ को विन्दुमा बन्द भएको छ। एस एन्ड पी–५०० मा ९० अंकको गिरावटका साथ ४३५२ को विन्दुमा झरेको छ। नास्डक पनि ४२३ अंकले ओर्लेर १४५४६ को विन्दुमा बन्द भएको छ। 

त्यसैगरी सेन्सेक्स पनि हालसम्मकै उच्च विन्दु ६०००० पुगेर पुनः २५४ अंकको गिरावटसँगै ५९४१३ को विन्दुमा खुम्चिन पुगेको छ। 

सेयरसँगै विश्व बजारमा कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ। कच्चा तेलको मूल्यमा ०.५३ प्रतिशतले घटेर प्रतिब्यारेल ७४.८६ डलरमा झरेको छ। 

विश्व बजारमा सुनको भाउ भने उकालो लागेको छ। यो समाचार तयार पार्दासम्म प्रतिऔँश ०.३७ प्रतिशतको बढोत्तरीले १७४३.९ डलर पुगेको छ। – एजेन्सी