काठमाण्डौ । कोभिडको समयमा अल टाइम हाई चुमेका विश्व बजारले पुनः लयमा फर्कन थालको छ।
सेन्सेक्स करिब उच्च विन्दुमा पुगेकै अवस्थामा डाउ जोन पनि उच्च विन्दु नजिक पुग्दै गरेको देखिन्छ। सन् २०२१ को डिसेम्बरमा अहिलेसम्म कै उच्च विन्दु ३६ हजार ७९९ को विन्दु पुगेको थियो। त्यसपछि खस्न सुरु गरेको डाउ जोन २०२२ को अक्टोबरमा २८ हजार नजिक आएको थियो। त्यहाँबाट बढ्न सुरु गरेको डाउ जोन बुधबार ३४ हजार ४०९ मा बन्द भएको छ।
उता जापानको सेयर बजार सूचक निक्की २२५ पनि ३३ वर्षपछि हालसम्मकै उच्च विन्दु पुगेको छ। शुक्रबार युरोपियन बजारमा पनि बढोत्तरी आएको छ।
जर्मनको ड्याक्स, फ्रान्सको क्याक, इटालीको फुट्सी मिब र युरो इन्डेक्समा पनि बढोत्तरी आएको छ। योसँगै क्रिप्टोकरेन्सीमा पनि सामान्य बढोत्तरी आएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19