काठमाण्डौ । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले विश्वमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय सवारी उत्पादक कम्पनी एलोन मस्कको टेस्लालाई पन्छाउन प्रयास गरिरहेको छ ।

बीवाईडीले सन् २०२३ मा ३० लाख भन्दा बढी कार उत्पादन गरेपछि टेस्लालाई लगातार दोस्रो वर्ष पनि बिक्रीमा उछिनेको छ ।कम्पनीले सोमबार मात्र सन् २०२३ को अन्तिम तीन महिनामा ५ लाख २६ हजार थान ब्याट्री बिक्री गरेर रेकर्ड कायम गरेको बताएको छ । गत डिसेम्बरमा बिक्रीमा ७० भन्दा बढी बृद्धिले मद्दत गरेको थियो।

अमेरिकी कार निर्माता कम्पनी टेस्लाले मंगलबार  आफ्ना उत्पादनको पछिल्लो त्रैमासिक सवारी उत्पादन र डेलिभरी तथ्यांकहरु जारी गर्ने तालिका छ।

सन् २०२२ मा टेस्लाले १.३७ मिलियन गाडीहरू उत्पादन गरेको थिो । बीवाईडीले १.८८ मिलियनभन्दा कम। यसमा नयाँ ऊर्जा सवारी साधनहरूमा ब्याट्रीबाट चल्ने र हाइब्रिड मोडेलहरू समावेश थिए ।

बीवाईडीका कारहरू टेस्लाको भन्दा कम मूल्यको रहेको छ । यी कारहरु हाइब्रिड संस्करणहरूमा आइरहेका छन् । उता एलोन मस्कको अटोमेकरले भने केवल ब्याट्रीबाट चल्ने कारहरू मात्र बिक्री गर्छ। सेप्टेम्बर ३० मा समाप्त भएको त्रैमासिकमा टेस्लाको बिक्रीको करिब एक पाँचौं हिस्सा चीनको थियो।

शुद्ध इलेक्ट्रिक र प्लगइन हाइब्रिड कारहरु उत्पादन गर्ने अटोमेकरमा बीवाइडीले विश्व बजारमा सबैभन्दा धेरै इलेक्ट्रिक सवारी साधन बिक्री गर्ने कम्पनीको रुपमा आफूलाई स्थापित गरेको छ ।

यो फेब्रुअरी १९९५ मा वांग चुआनफुद्वारा स्थापित कम्पनी हो। बीवाईडी कम्पनीका दुई प्रमुख सहायक कम्पनीहरू बीवाईडी इलेक्ट्रोनिक र अटोमोबाइल छन्। कम्पनीले अटोमोबाइल, इलेक्ट्रिक साइकल, बस, फोर्कलिफ्ट, ट्रक, रिचार्जेबल लिथियम आइरन फस्फेट ब्याट्री र सोलार प्यानल निर्माण गर्दै आइरहेको छ।

कम्पनीले आफ्ना उत्पादन ७० बढी देशका ४०० सहरहरूमा पुगेको बताएको छ । कम्पनीको गाडी नेपालमा पनि बिक्री हुँदै आएको छ । -एजेन्सी