काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागुन २७ गते “आजको आवश्यकता, विद्यार्थीहरुमावित्तीय साक्षरता” भन्ने मूल आशयले वीरगञ्ज महानगरपालिका वडानम्बर ११ स्थित वीरगञ्ज क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणका लागि बीमाको प्रयोग, सफा नोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराइएको थियो ।

विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ भन्ने बिषयमा समेत विशेष प्रस्तुती दिइएको थियो ।

कार्यक्रममा १०० विद्यार्थीहरुको सहभागिता थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भइसकेका छन् ।

वीरगञ्जको सो कार्यक्रमको प्रमुखअतिथि प्रार्चाय विनोदकुमार गुप्ता रहेका थिए ।