काठमाण्डौ । भारतको अर्थतन्त्रको पहिलो त्रैमासमा गरिएको गिरावटको अनुमानलाई अनुकुल बताउँदै त्यहाँका विशेषज्ञहरुले कोरोना महामारीको प्रभावको कारण चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्रमा करीब १० प्रतिशतको मात्र गिरावट आउनसक्ने बताएका छन् ।
कोरोना महामारीका कारण भारत धेरै प्रभावित मुलुकमध्ये एक हो । तर, यहाँ दैनिक रुपमा कोरोना संक्रमित र मृतकको संख्या बढे पनि सरकारले अर्थतन्त्र जोगाउने उपाय समेत अबलम्बन गरेको छ । चलचित्र घर तथा क्लबबाहेक अधिकांश क्षेत्रहरु खुलिसकेका छन् । यसले समेत भारतको वृद्धिदर अनुमान गरिएको भन्दा कम दरमा गिरावट आउने देखिएको हो ।
विशेषज्ञहरुका अनुसार उपभोग र मागको तीव्रताका लागि कोरोना महामारीमाथि नियन्त्रण आवश्यक रहेको छ । भारत सरकारले सोमबार जारी गरेकोे आधिकारीक आँकडा अनुसार कोरोना महामारीको प्रकोप र त्यसलाई नियन्त्रण गर्नका लागि भारतभर लागू गरिएको लकडाउनका कारण पहिलेदेखि नै सूस्त भारतको अर्थतन्त्रमा झनै नकारात्मक असर पारेको छ । सोमबार जारी गरिएको आधिकारीक आँकडा अनुसार चालु आर्थिक वर्ष २०२०, २१ म अप्रिल जुन महिनाको अवधिमा भारतको अर्थतन्त्रमा आएको २३.९ प्रतिशत गिरावट अहिलेसम्मकै सबैभन्दा धेरै त्रैमासिक गिरावट हो ।
इफ्राका मुख्य अर्थशास्त्री अदिति नायरले अनुमानकाअनुसार लकडाउनबाट प्रभावित त्रैमासमा जीडीपी र जीभिएमा गिरावट आएको छ । पहिला आफूहरुले २५ प्रतिशत गिरावटको अनुमान लगाएको, तर सरकारले अर्थतन्त्र बचाउन खेलेको भूमिकाले त्यसमा केही सुधार हुने अवस्था देखिएको उनको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago