काठमाण्डौ । वेस्टर्न डेभलपमेन्ट बैंकका लगानीकर्ताले एकपछि अर्को अफर प्राप्त गरेका छन् । 

यो बैंकले २० प्रतिशत सेयर लाभांश वितरण गरेको केही समय नबित्दै प्रस्तावित १ सय प्रतिशत हकप्रद निश्कासनको समेत अन्तिम स्वीकृति प्राप्त गरेको छ । 

बुधबार यो बैंकले नेप्सेलाई दिएको जानकारी अनुसार २० प्रतिशत बोनस सेयरपछि निश्कासनको प्रस्ताव गरिएको १ सय प्रतिशत हकप्रदका लागि समेत धितोपत्र बोर्डले स्वीकृति दिएको छ । 

बैंकले प्रतिकित्ता १ सय रुपैयाँका दरले १५ करोड ६९ लाख रुपैयाँ बराबरको १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद जारीको स्वीकृति पाएको हो । बैंकको हकप्रद निश्कासनमा प्रभू क्यापिटलले बिक्री प्रबन्धकको रुपमा काम गर्नेछ ।

हकप्रद निश्कासनपछि बैंकको चुक्ता पुंजी ३१ करोड ३८ लाख रुपैयाँ पुग्ने छ। हाल बैंकको चुक्ता पुंजी १५ करोड ६९ लाख रुपैयाँ रहेको छ । 

आर्थिक वर्ष २०७२/७३ मा यो बैंकले ४ करोड २ लाख खुद नाफा आर्जन गरेको थियो ।