काठमाण्डौ । साउन महिनामा जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत २४ करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० जीवन बीा कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत साढे २४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।
हाल १० जीवन बीमा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन्। नेपाल सरकारले वैदेशिक रोजगारमा जानेहरुका लागि बीमा अनिवार्य गरेसँगै यो बीमालेख जारी गर्ने बीमकको संख्या बढेको हो।
योभन्दा अघि प्राधिकरणले केही कम्पनीलाई मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गर्न अनुमति दिएको थियो।
साउनमा वैदेशिक रोजगार बीमालेखमार्फत सबैभन्दा बढी प्रिमियम भित्र्याउने सन नेपाल लाइफ रहेको छ। सन नेपाल लाइफको जीवन बीमा व्यवसाय वृद्धिमा वैदेशिक रोजगार बीमालेखले ठूलो भूमिका खेलेको छ। कम्पनीले यो बीमालेखमार्फत ५ करोड ६९ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै नेपाल लाइफले ५ करोड ५३ लाख रुपैयाँ, आइएमई लाइफले ३ करोड ३८ लाख रुपैयाँ, सुर्यज्योति लाइफले २ करोड १५ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १ करोड ७९ लाख रुपैयाँ, नेसनल लाइफले १ करोड ७८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ करोड ६७ लाख रुपैयाँ, सिटिजन लाइफले १ करोड ४८ लाख रुपैयाँ, एसियन लाइफले १ करोड १५ लाख रुपैयाँ र प्रभु महालक्ष्मीले ३ लाख ४४ हजार रुपैयाँ प्रिमियम कलेक्सन गरेका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19