काठमाण्डौ । हाल १० वटा जीवन बीमा कम्पनीले वैदेशिक राजगार बीमालेख बिक्री गरिरहेका छन्। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म १० जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत ६८ करोड ५७ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्।
गत वर्षको तुलनामा वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने कम्पनी संख्या वृद्धि भए पनि सो बीमालेख बिक्रीबाट संकलन हुने प्रिमियम रकम भने २२.१८ प्रतिशतले घटेको छ। गत वर्षको यसै अवधिसम्म ८ जीवन बीमा कम्पनीले वैदेशिक रोजगार बीमालेखमार्फत ८३ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
नेपाल सरकारले वैदेशिक रोजगारमा जाने नेपाली तथा श्रमिकहरुका लागि अनिवार्य जीवन बीमा गर्नुपर्ने व्यवस्था लागू गरेसँगै वैदेशिक रोजगार बीमालेख बिक्री गर्ने कम्पनीको संख्या बढेको हो। सुरुमा नेपाल बीमा प्राधिकरणले सन नेपाल लाइफसहित २–३ वटा कम्पनीलाई मात्रै यो बीमालेख बिक्री गर्न अनुमति दिएको थियो। पछि वैदेशिक रोजगार बीमा अनिवार्य भएपछि अन्य कम्पनीले पनि उक्त बीमालेख बिक्री गर्न अनुमति पाएको हो।
यसका बाबजुद सन नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा वैदेशिक रोजगार बीमालेख बिक्रीमार्फत सबैभन्दा बढी प्रिमियम भित्र्याउन सफल भएको छ। कम्पनीले असोज मसान्तसम्म १६ करोड ७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।
प्रथम बीमाशुल्क र नवीकरण बीमाशुल्क आर्जनमा खासै वृद्धि नदेखिए पनि वैदेशिक रोजगार बीमालेखमार्फत सबैभन्दा बढी प्रिमियम भित्र्याउन सन नेपाल अब्बल देखिएको छ।
त्यस्तै, नेपाल लाइफले १४ करोड ९२ लाख रुपैयाँ, आइएमई लाइफले ९ करोड ८ लाख रुपैयाँ, नेसनल लाइफले ५ करोड ४७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ५ करोड ४४ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ करोड ७ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ४ करोड ५० लाख रुपैयाँ, एसियन लाइफले ४ करोड ४६ लाख रुपैयाँ, सिटिजन लाइफले ३ करोड ४३ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ९ लाख रुपैयाँ प्रिमियम भित्र्याएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19