काठमाण्डौ । मर्जर प्रक्रिया पूरा गरी गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको यही वैशाख २६ गतेबाट एकीकृत कारोबार सुरु हुने भएको छ।

तीन कम्पनी आपसमा गाभिएपछि ‘हिमालयन लाइफ इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको छ। यी कम्पनी १ः१ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन्।  

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत वैशाख १९ गते, नेपाल बीमा प्राधिकरणले वैशाख १३ गते कम्पनी रजिस्ट्रार कार्यालयले वैशाख २० गते यी कम्पनीलाई मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेका थिए। 

यसैबीच एकीकृत कारोबार प्रयोजनार्थ यी तीनै कमपनीबाट प्रदान गर्ने सबै सेवाहरु वैशाख २३ गतेदेखि वैशाख २५ गतेसम्म अवरुद्ध हुने भएको छ।

एकीकृत कारोबार सुरु गर्नका लागि डाटा माइग्रेसनको काम गर्नुपर्ने भएकोले सेवा बन्द रहने कम्पनीहरुले जनाएका छन्।