काठमाण्डौ । ब्याजदरको बिषयमा बैंकहरुबीच कायम भद्र सहमति खारेजीसँगै ब्याजदर वृद्धिको होड चलेको छ । यो क्रममा हालसम्म सार्वजनिक दरलाई समेत उछिन्दै सेञ्चुरी कमर्सियल बैंकले आकर्षक अफर सार्वजनिक गरेको छ । 

बैंकले व्यक्तिगत ग्राहकरुलाई लक्षित गर्दै उच्च ब्याजदरसहितको मुद्धती निक्षेप योजना संचालनमा ल्याएको हो । 

बैंकले ३ महिना देखि ६ महिनासम्मकै मुद्दती खाताका लागि वार्षिक ब्याजदर १२ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको मुद्धती खाताका लागि वार्षिक १२.५ प्रतिशत ब्याज प्रदान गर्ने प्रष्ट पारेको हो । 

यसअघि व्यक्तिगत मुद्धतीमा एनआइसी एशिया बैंक र प्राइम कमर्सियल बैंकले वार्षिक १२ र सिभिल बैंकले २२२ दिने अवधिको मुद्धतीमा १२.२२ प्रतिशत ब्याज अफर गर्दै स्किम सार्वजनिक गरिसकेका छन् ।