काठमाण्डौ । निजी क्षेत्रको नेतृत्वदायी वाणिज्य बैंक, नवील बैंक लिमीटेडले लामो अवधिको व्यक्तिगत मुद्धती निक्षेपमा ९ प्रतिशत ब्याज अफर गर्दै स्किम सार्वजनिक गरेको छ ।
नवीलले दशैं स्किमको रुपमा यस्तो अफर सार्वजनिक गरेको हो । योसँगै विगत केही दिनअघिदेखि बैंकहरुबीच व्यक्तिगत मुद्धती निक्षेपमा सुरु भएको 'प्राइस वार'मा नवीलको औपचारिक प्रवेश भएको छ ।
न्यूनतम १३ महिनादेखि अधिकतम २४ महिनासम्मको व्यक्तिगत मुद्धती निक्षेपमा ९ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ ।
पछिल्लो समय बैंकहरुको बचतको ब्याजदर घटेर न्यून विन्दूमा पुगे पनि व्यक्तिगत मुद्धती निक्षेपको ब्याजदरमा भने 'प्राइस वार' सुरु भएको देखिएको छ ।
नवीलभन्दा अगाडि लामो अवधिको व्यक्तिगत मुद्धती निक्षेपमा सेञ्चुरी बैंकले ९ प्रतिशत ब्याजदर अफर गरी बैंकिंग उद्योगमै तरंग ल्याइदिइसकेको छ । सिभिल बैंकले समेत ८.७५ प्रतिशत ब्याजको अफर गर्दै व्यक्तिगत मुद्धती निक्षेपको प्रचार प्रसार गरिरहेको छ ।
ठूला भनिएका बैंकहरुबाट व्यक्तिगत मुद्धति निक्षेपमा धेरै ब्याज अफर गरेको नवील नै पहिलो बैंक हो । अब नवील नै मैदानमा उत्रिइसकेपछि अन्य बैंकहरुबीच पनि व्यक्तिगत मुद्धति निक्षेपको ब्याजदरमा राम्रै प्रतिस्पर्धा हुने देखिन्छ ।
हाल कर्जाको माग निकै न्यून छ । प्रणालीमा २०० अर्ब बढी अधिक तरलता छ । यस्तो अवस्थामा पनि बैंकहरु मुद्धति निक्षेपमा किन आक्रामक भइरहेका होलान् त ? नवील बैंकका डिजीएम मनोज ज्ञवाली भन्छन्-'अहिले कर्जाको माग नै छैन, तर निक्षेप वृद्धि छ । बजारमा २०० अर्बभन्दा बढीको एक्सेस लिक्वीडिटी छ । फिक्स्ड डिपोजिटलाई बैंकहरुले डिपोजिट मिक्स(निक्षेपको समीश्रण) मिलाउन मात्रै प्रमोट गरेका छन् ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago