काठमाण्डौ । मुलुकको वस्तु व्यापार घाटामा कमी आएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार आर्थिक वर्ष २०७९–८० कुल वस्तु व्यापार घाटा १५.५ प्रतिशतले कमी आई रु. १४ खर्ब ५४ अर्ब ५९ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो घाटा २३.० प्रतिशतले बढेको थियो।
समीक्षा वर्षमा कुल वस्तु निर्यातमा २१.४ प्रतिशतले कमी आई रु.१ खर्ब ५७ अर्ब १४ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो निर्यात ४१.७ प्रतिशतले बढेको थियो।
यो वर्षमा कुल वस्तु आयातमा १६.१ प्रतिशतले कमी आई रु. १६ खर्ब ११ अर्ब ७३ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.४ प्रतिशत, १५.९ प्रतिशत र २०.७ प्रतिशतले घटेको छ।
समीक्षा वर्षमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष यस्तो अनुपात १०.४ प्रतिशत रहेको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago