काठमाण्डौ । रुसका राष्ट्रपति भलादिमिर पुुटिनले स्थिरता र सशक्त बन्ने चाहनामा भविष्यका लागि भनेर कयौं योजनाहरु बनाएका थिए । तर कोरोनाका कारण पैदा भएको संकट, तेलको मूल्यमा आएको गिरावट र रुसी मुुद्रामा आएको गिरावटले उनको योजनामा चुुनौति थपिदिएको छ । पुुटिनले अप्रिल महिनामा आफू ८० वर्षसम्म राष्ट्रपति भइरहने गरी संविधान संसोधन गर्न गइरहेका छन् । 

धेरै मानिस ‘भिक्टोरी डे’को ७५ औ वर्षगाठमा आयोजना हुुन गइरहेका सैन्य परेड हेर्न लालायित भएर व्यग्र प्रतिक्षा गररहेका छन् । कोरोनाको संक्रमण विश्वमा फैलद गएपछि रुसी जनतामा त्रास फैलिएको छ । तर पनि अहिलेसम्म संविधान संसोधन र सैन्य परेड रोकिएको छैन ।

कठीन समय 
पुुटिन संकटको यो घडीमा शान्ति र संयमको वातावरण कायम गरिहेका छन् । समयमै कोरोनाको रोकथाम र नियन्त्रणका लागि कदम चालिएकाले रुसमा कोरोना नियन्त्रणमा रहेको उनले बताएका एजेन्सीहरुले उल्लेख गरेका छन् । 

रुसका सरकारी मिडियाले कोरोना रोकथामका लागि युुरोपले प्रभावकारी कदम नचालेकाले युुरोपमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएको जनाएका छन् । रुसी मिडियाले यसका लागि युुरोपको आलोचना पनि गरिरहेका छन् । 

यतिबेला युुरोपेली नेताहरु कोरोनाको संकटसँग जुुधिरहेका छन् भने पुुटिन युुक्रेनबाट क्रिमियालाई रुसमा गाभ्न क्रिमियाको यात्रा गरिरहेका छन् । यस्तो गरेर उनी सबै कुरा सामान्य रहेको देखाउने कोशिश गरिहेका छन् । 

उनी अन्य विश्व नेता जस्तो सामाजिक दुुरी बनाइरहेका छैनन् । उनी मानिसहरुसँग हात मिलाइरहेका छन् । तर यो सबै देखावटी मात्रै हो ।

पुुटिनसँग सम्पर्कमा आउने मानिसलाई कोरोनाको टेस्ट गरेर मात्रै भेट गर्न दिइरहेको छ । गत साता क्रिमिया मेडल ग्रहण गरेका व्यक्ति, पत्रकार र अन्य अधिकारीलाई स्क्रीनिङ गरेर मात्रै कार्यक्रममा सहभागी गराइएको थियो । 

राष्ट्रपतिका प्रवक्ता दमित्रि पेसाकरले यसो गर्दा राष्ट्रपतिको आत्मविश्वासका साथ काम गर्न सक्ने भएकाले यसलाई सहि कदम भनेका छन् । पुुटिनलाई अझै टेष्ट नगरिएको विषयमा पेसाकरले पुुटिन स्वस्थ रहेको र पूर्वनिधारित कार्यक्रम अनुुरुप नै काम गरिहेका बताए । 

रुसको सरकारी आँकडामा कोरोना संक्रमितको संख्यामा बढोत्तरी भइरहेको देखिएको छ । तर मानिसहरु यो आँकडा सही नभएको र अवस्था यो भन्दा भयावह हुनसक्ने बताउँछन् । 

पुुटिनले रुसमा कोरोनाको संक्रमणको जोखिम नरहेको बताइरहँदा कोरोनाबाट बच्न रुसले कदमहरु चालिरहेको छ । रुसमा स्कूल कलेजहरु बन्द गरिएका छन् भने भिडभाड र भेला गर्न प्रतिबन्ध गरिएको छ । 

पुुटिनको स्पेशल अप्रेशन 
स्कुुल कलेज बन्द भए पनि मानिसहरुलाई घरबाट बाहिर ननिस्कन भनेर कुुनै उर्दी भने जारी गरिएको छैन । 

शुुक्रबार रुसी राष्ट्रपति कार्यालयले मस्को लकडाउन गर्ने कुुरा हल्ला मात्रै भएको भन्दै त्यसको खण्डन गरेको थियो । अधिकांश रुसी जनताले रुस सरकारको यो मौनता संविधान संसोधन गरी पुुटिनलाई फेरी राष्ट्रपति बनाउने प्रपञ्च मात्रै भएको बताएका छन् । 

पुुटिनलाई पुुनः राष्ट्रपति बनाउने प्रक्रिया यति तीब्र गतिमा अगाडि बढिरहेको छ कि यसलाई स्पेशल अप्रेसन भन्न थालिएको छ । 

रुसका विपक्षी नेता अलेक्सन नवालनीले यदि यस्तो अवस्थामा मतदान भए र कोरोनाले वृद्धवृदा मरे त्यो गम्भीर अपराध हुुने बताएका छन् । रुसी अधिकारीले अनुुसार कोरोनाको कारण चुुनाव स्थगित वा त अनलाइन मतदान पनि हुन सक्ने बताएका छन् । तर रुसी निर्वाचन आयोगले भने मतदानका लागि नयाँ योजना सार्वजनीक गरेको छ । 

योजना अनुुसार भिड नहोस् भनेर बिस्तारै मतपत्रलाई मतदातासामुु पुुर्याउने काम गरिरहेको छ ।