काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७७\७८ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार ९०९ रुपैयाँको कुल ११.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा १०.९३ प्रतिशतले हुन आउने ३७ करोड २५ लाख ४५ हजार १०५.२५ रुपैयाँबराबरको नगद लाभांश र ०.५७ प्रतिशतले हुन आउने १ करोड ९६ लाख ७ हजार ६३७.१२ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्ष २०७६\७७ को तुलनामा कम हो। अघिल्लो वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
गत आर्थिक वर्षको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19