काठमाण्डौ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमीटेडले आर्थिक वर्ष २०७६/७७ का लागि आफ्ना सेयरधनीलाई ११ प्रतिशतसम्म लाभांश बाँड्नसक्ने देखिएको छ । 

यो बैंकले चौथो त्रैमाससम्म ३३ करोड २२ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । हाल बैंकको चुक्तापूँजी ३ अर्ब १ करोड रुपैयाँ रहेको छ । प्रिमियममा २४ लाख ६५ हजार रुपैयाँ समेत रहेको छ । 

अघिल्लो वर्ष ३१ करोड ९३ लाखमा सीमित रिटेन अर्निङ बढेर यो वर्ष ३६ करोड ५७ लाख पुगेको छ भने अघिल्लो वर्ष यही अवधिसम्म ४२ करोड ४७ लाखमा सीमित नाफा समेत बढेर ४७ करोड ३३ लाख पुगेको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ५९ करोड १९ लाख रुपैयाँमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ६७ करोड ७८ लाखको उचाईमा पुगेको छ । 
यो बैंकले ९१ करोडमा सीमित खूद ब्याज आम्दानीलाई ह्वात्तै बढाई १ अर्ब ३३ करोडको उचाई चुमाएको छ । 

अघिल्लो वर्षसम्म ४४ करोड २६ लाख सीमित रिजर्बको आकार बढेर ८० करोड ६७ लाख पुगेको छ ।

समीक्षा अवधिमा यो बैंकले ३० अर्ब २० करोड बढी निक्षेप संकलन गरी २४ अर्ब ३५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्ममा १८ अर्ब ८५ करोड बढी निक्षेप संकलन गरी १५ अर्ब ८८ करोड बढी कर्जा परिचालन गरेको थियो । 

अघिल्लो वर्ष २५.७९ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी घटेर १५.७३ रुपैयाँमा सीमित हुन पुगेको छ भने अघिल्लो वर्ष ०.१२ प्रतिशतमा सीमित खराब कर्जाको अनुपात बढेर यो वर्ष १.१० प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा शाइन रेसुुंगा डेभलपमेन्ट बैंकको कस्ट अफ फण्ड ६.९० प्रतिशत, सीडी रेसियो ७०.३८ प्रतिशत, बेस रेट ८.९० प्रतिशत, पीई रेसियो १४.११ गुणा, प्रतिसेयर नेटवर्थ  १३८.९५ रुपैयाँ र क्यापिटल एडेक्वेसी रेसियो १५.८९ प्रतिशत कायम भएको छ ।