काठमाण्डौ । कात्तिक ३० गते राष्टियस्तरको लघुवित्त संस्थाको इजाजत पाएको गणपति माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले हालै तीन जिल्लाका तीन स्थानमा आफ्नो शाखा कार्यालय बिस्तार गरेको छ ।
पुस २२ गते चितवनको दाह्रेचोक–४, मुग्लिङ्ग र धादिङ्ग जिल्लाको गजुरी–१, गजुरीमा तथा पुस २४ गते काभ्रे जिल्लाको नासिकास्थान–४, साँगामा गरी तीनवटा शाखा कार्यालय बिस्तार गरी सेवा संचालनमा ल्याएको हो ।
शाखा कार्यालय साँगाको उद्घाटन संस्थाका संचालकहरु दिनेशलाल श्रेष्ठ र राजेशकुमार श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । यस्तै, शाखा कार्यालय मुग्लिङ्ग र गजुरीको उद्घाटन संस्थाका संचालक रमेन्द्र प्रधानाङ्ग र प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटाले गरेका थिए ।
यो संगै यस वित्तीय संस्थाको शाखा संख्या ५ (पाँच) पुगेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago