काठमाण्डौ । ग्लोबल आइएमई बैंकले शाखारहित बैंकिङ्ग सञ्चालनमा नयाँ रेकर्ड कायम गरेको छ ।
असार २५ गते आफ्नो १०० औं शाखारहित सेवा सञ्चालनमा ल्याएर बैंकले रेकर्ड बनाएको हो ।
बैंकले सोमबार एक समारोहकाबीच सुनसरी जिल्लाको बराह नगरपालिका–५ कालाबञ्जरमा आफ्नो १०० औं शाखारहित बैंकिङ्ग सेवा सेवा सुरु गरेको हो ।
सो १०० औं शाखारहित बैंकिङ्ग सेवाको सुनसरी जिल्लाको बराह नगरपालिका–५ कालाबञ्जरकी १०५ वर्षकी ज्येष्ठ नागरिक अनुरुपा बिष्ट तथा ग्लोबल आइएमई बैंक लिमीटेडका रेमिट्यान्स, क्रेडिट कार्ड बिक्री तथा बजार प्रबद्र्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रविन्द्र ढकालले संयुक्त रुपमा गरे ।
बैंकले जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै आफ्नो १०० औं शाखारहित बैंकिङ्ग सेवा १०५ बर्षकी ज्येष्ठ नागरिकको हातबाट समुद्घाटन गरेको बताएको छ ।
बैंकले २०६९/०३/२० गते बर्दिया जिल्लाको मैनापोखरमा पहिलो शाखारहित बैंकिङ्ग सेवा खोलेरे उक्त सेवाको सुरुवात गरेको थियो ।
उक्त शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा ग्लोबल आइएमई बैंक लि.का रेमिट्यान्स, क्रेडिट कार्ड बिक्रि तथा बजार प्रबर्धन, मिडिया एव्म ब्राडिन्ङ र शाखारहित बैंकिङ्ग सेवा प्रमुख रबिन्द्र ढकाल लगायत स्थानीय समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्पmत बैंकिङ्ग सेवा लिन सक्नेछन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम, सीडीएमए, यूटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने लगायतका सेवा लिन सक्नेछन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यो क्षेत्रको बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले त्यस स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२९ शाखा, १३२ एटिएम, ५ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर र १०० शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा ३ प्रतिनिधि÷सम्र्पक कार्यालय माफर्त आफ्ना ९ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।
यसैगरी, बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19