काठमाण्डौ । माछापुच्छ«े बैंक लिमिटेडले तनहुँ र खोटाङ्गमा ४ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले तनहुँको बन्दिपुर गाउँपालिका, खोटाङ्गको रुपाकोट मझुवागढि नगरपालिका, खोटाङ्गको हलेसी तुबचुङ्ग नगरपालिका (च्यास्मीटार), खोटाङ्गकै हलेसी तुबचुङ्ग नगरपालिका (धितुङ्ग)मा थप ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

यो सहित माछापुच्छ«े बैंक लिमिटेडको हालसम्म ३३ शाखा रहित बैंकिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । 

ग्राहक सेवा केन्द्रको रुपमा संचालित ती शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । 

बैंकले नेपालमै पहिलो पटक तुरुन्त(रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।

बैंकले पुर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखारहित बैंकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा छन् ।