काठमाण्डौ । प्रभु बैंक लिमीटेडले मुस्ताङ्ग र म्याग्दी जिल्लाका विभिन्न स्थानमा ५ वटा नयाँ शाखारहित बैंकिङ्ग इकाई सञ्चालनमा ल्याएको छ ।

बैंकले मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका वडा नं.२ स्थित मार्फा, बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिका वडा नं.४ स्थित कागबेनी, थासाङ गाउँपालिका वडा नं. १ स्थित टुकुचे तथा वडा नं. ३ स्थित लेते र म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नंं. ३ स्थित दाना गरी ५ स्थानबाट शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको हो । 

यी पाँचवटै शाखारहित बैंकिङ्ग सेवा शुभारम्भ गर्दा स्थानीय जनप्रतिनिधी, समाजसेवी, बुद्घिजीवी तथा स्थानीयको उपस्थिति रहेको थियो । 

प्रभु बैंकले सञ्चालनमा ल्याएको थप ५ वटा शाखारहित बैंकिङ्ग सेवाबाट मुस्ताङ्ग र म्याग्दी जिल्लास्थित सम्बन्धित क्षेत्रका स्थानीयलाई खाता खोल्ने तथा आफ्नो खाताबाट तोकिएको सीमासम्मको कारोबार गर्ने लगायतको बैंकिङ्ग सेवा उपलब्ध हुनेछ ।