 
                     
                                
                             
                                    काठमाण्डौ । शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ०७५/७६ को नाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।
असोज ५ गते साँझ बसेको संचालक समितिको २३२ औं बैठकले नाफाबाट लाभांश वितरण नगरी जगेडा कोष कायम गर्ने निर्णय गरेको शिखर इन्स्योरेन्सले जनाएको छ ।
बैठकले बिमा समितिबाट जारी निर्जीवन बिमा गर्ने बिमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको वित्तीय विवरणहरु तथा नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) बमोजिमको वित्तीय विवरणहरु पारित गरी बिमा समितिको स्वीकृतार्थ पेश गर्ने निर्णय समेत भएको बताइएको छ ।
यस्तै, २०७६/७७ को वित्तीय विवरणहरुको सैद्धान्तिक स्वीकृतिको लागि बिमा समिति समक्ष पेश गर्ने निर्णय समेत सो बैठकले गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।
कम्पनीले दुवै आर्थिक वर्षको साधारणसभा पनि चाँडै गरिने बताएको छ ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19