काठमाण्डौ।  शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

कम्पनीले गत आवको उक्त अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १.३३ प्रतिशतले बृद्धि भएको हो । 

कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख रूपैयाँभन्दा बढी छ भने कुल खर्च ४० करोड ६७ लाख रूपैयाँभन्दा बढी  छ ।कम्पनीको विशेष सञ्चित कोषमा १ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड रूपैयाँभन्दा बढी छ भनेअन्य इक्वीटीमा ५८ करोड ७८ लाख रूपैयाँभन्दा बढी छ ।

कम्पनीको बीमा कोषमा ४ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी सञ्चित छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २७ करोड ७८ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिसम्म कम्पनीको कुल दाबी भुक्तानी १९ करोड ७९ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीले उक्त अवधिसम्ममा ७५ हजार ९०४ ओटा बीमालेख जारी गरेको छ भने २२ हजार ६७६ ओटा बीमालेख नविकरण भएको बताएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १६.९४ रुपैयाँ छ । यसैगरी प्रतिशेयर नेटवर्थ १९९.२४ रुपैयाँ छ ।  कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रूपैयाँ छ ।