काठमाण्डौ । विश्वका शीर्ष धनाढ्यहरुले एकैदिन ४३ अर्ब डलर गुमाएका छन्।
विश्वका शीर्ष धनाढ्यहरुको सम्पत्ति बिहीबार एकैदिन ४३ अर्ब डलरले घटेको हो। सबैभन्दा बढी सम्पत्ति गुमाउनेमा एलन मस्क रहेका छन्। उनको सम्पत्ति २०.३ अर्ब डलरले घटेको छ।
ब्लुमबर्ग बिलिनेयर इन्डेक्सका अनुसार मस्कल २३४ अर्ब डलरका साथ विश्वका धनाढ्यहरुको सूचीमा पहिलो स्थानमै छन्। मस्कको टेस्ला कम्पनीको सेयरभाउमा बिहीबार ९.७४ प्रतिशतको गिरावट आएको छ। जसका कारण उनको सम्पत्तिमा सबैभन्दा धेरै गिरावट आएको छ।
शीर्ष धनाढ्यको सूचीमा दोस्रो नम्बर रहेका बर्नार्ड आरनल्ट छन्। उनको सम्पत्तिमा पनि १.५७ अर्ब डलरको गिरावट आएको छ। हाल उनको कुल सम्पत्ति २०१ अर्ब डलर रहेको छ।
त्यसैगरी बिहीबार दोस्रो धेरै गुमाउने धनाढ्यमा जेफ बजोज छन्। उनको सम्पत्ति ५.३२ अर्ब डलरले घटेको छ। उनी १५५ अर्ब डलरका साथ धनाढ्यको सूचीमा तेस्रो स्थानमा छन्।
यसैगरी मेटा कम्पनीका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति पनि बिहीबार ४.७० अर्ब डलरले घटेको छ। उनी ११० अर्ब डलर सम्पत्तिका साथै आठौँ स्थानमा छन्।
धनाढ्यको सूचीमा सातौँ स्थानमा रहेका रहेका वारेन बफेटको सम्पत्ति पनि एकैदिन १.२५ अर्ब डलरले घटेको छ। उनको कुल सम्पत्ति ११६ अर्ब डलरमा झरेको छ।
विश्वकै धनाढ्यको सूचीमा बिल गेट्स १३८ अर्ब डलरका साथ चौथो स्थानमा र ल्यारी एलिसन १३१ अर्ब डलरका साथ पाँचौँ स्थानमा छन्। एलिसनको कुल सम्पत्तिमा बिहीबार ३.६६ अर्ब डलरको गिरावट आएको छ।
अमेरिकी धनाढ्य स्थिभ बालमर १२० अर्ब डलरका साथ छैटौँ स्थानमा छन्। उनको सम्पत्ति पनि २.६० अर्ब डलरले घटेको छ।
धनाढ्यसको सूचीमा ल्यारी पेज १०९ अर्ब डलरका साथ नवौँ स्थानमा र सर्गेई ब्रिन १०४ अर्ब डलरका साथ १० औँ स्थानमा छन्। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago