काठमाण्डौ । अमेरिकाले श्रीलंकालाई गहिरो सामुद्रिक टर्मिनल बनाउनका लागि ५५३ मिलियन डलर सहयोग गर्ने भएको छ।
अमेरिकाको इन्टरनेश्नल डेभलप्मेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) ले भारतको अडानी समूहले गरिरहेको सो योजनामा उक्त रकम दिन सहमत भएको हो ।हिन्द महासागरमा चीनको बढ्दो प्रभावबीच अमेरिकाले समुद्रीमार्ग हुँदै आयात निर्यात हुने सामानहरु ओसारपसार गर्ने बन्दरगाह बनाउन श्रीलंकामा लगानी गर्न लागेको हो।
नयाँ कोलम्बो वेस्ट इन्टरनेश्नल टर्मिनल १.४ किलोमिटर लामो र २० मिटर गहिरो हुनेछ। यसको वार्षिक भण्डार क्षमता ३२ लाख कन्टेनर छ। भारतको अदानी ग्रूपले सो योजनामा काम गरिरहेको छ।कोरोना महामारी कारण आर्थिक मन्दीमा फसेको श्रीलंका यतिखेर उत्थानतर्फ अगाडि बढेको छ । अदानी पोर्ट्सका सीईओ करण अडानीका अनुसार श्रीलंकाको कुनै पनि निजी क्षेत्रमा यो लगानी अहिलेसम्मकै ठूलो हो । यो अमेरिका बाहिर डीएफसीको लागि सबैभन्दा ठूलो लगानी पनि हो।
यो साझेदारीले दक्षिण एसियामा चीनको प्रभाव कम गर्न मद्दत गर्ने बताइएको छ ।
उनले यो साझेदारीले दिगो पूर्वाधार, श्रीलंकाको अर्थतन्त्र बृद्धि गर्न र विश्वव्यापी सहयोगलाई प्रबर्द्धन गर्न गेम चेन्जर साबित हुने बताए । उनका अनुसार यो परियोजनाले अदानी समूहलाई उपमहाद्वीपको सबैभन्दा ठूलो पोर्ट अपरेटर पनि बनाउनेछ।
चीनले शुरु गरेको बेल्ट एन्ड रोड इनिसिएटिभले विश्वभर पूर्वाधारमा लगानी गरिरहँदा अमेरिकाले पाँच वर्षअघि डीएफसी स्थापना गरेको थियो।श्रीलंका विश्वको ठूलो सिपिङ रुटमा पर्छ। यसले खाडी र पूर्वी एसियालाई जोड्छ । -एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago