काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था नाफामा गएको छ। 

आर्थिक वर्ष २०७९–८० चौथौ त्रैमासम्मको वित्तीय विवरणअनुसार संस्थाले १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको हो। अघिल्लो वर्ष यही अवधिसम्म संस्था ४७ लाख ४९ हजार रुपैयाँले घाटामा थियो। 

समीक्षा अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि १ करोड ५८ लाख रुपैयाँ भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले ८४ हजार सञ्चालन घाटा व्यहोरेको थियो। 

संस्थाको खुद ब्याज आम्दानी भने १९.२८ प्रतिशतले घटेर १२ करोड ५१ लाख रुपैयाँ खुम्चिएको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १५ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ५.११ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष एनपीएल ६.५१ प्रतिशत थियो। खराब कर्जाका लागि संस्थाले प्रोभिजनका रुपमा २ करोड ८२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ। अघिल्लो वर्ष पनि संस्थाले ७ करोड ८४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो। 

समीक्षा अवधिसम्म संस्थाले १ अर्ब २३ करोड रुपैयाँ सापटी लिई २ अर्ब २२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म संस्थाले १ अर्ब १६ करोड रुपैयाँ सापटी लिई २ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

चुक्तापुँजी १० करोड ९३ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ०.१९ प्रतिशतले बढेर १० करोड ३३ लाख रुपैयाँको भएको छ। अघिल्लो वर्ष रिजर्भमा १० करोड ३१ लाख रुपैयाँ थियो। 

संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १०.१८ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ६.७९ रुपैयाँले ऋणात्मक थियो। पीई रेसियो ११६.६० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९३.५९ रुपैयाँ रहेको छ।