काठमाण्डौ । कोरोनाभाइरसका कारण भारतीय सेयर बजारमा ठूलो संकट मडारिरहेकै बेला संकटग्रस्त ‘यस’ बैंकको सेयरमा भने उछाल आएको छ।
आज भारतीय सेयरबजारमा सेन्सेक्समा १८६० अंकको गिरावट आएको छ भने निफ्टी पनि ५१७ अंकले झरेको छ। यतिबेला भारतीय सेयरबजारमा सूचीकृत ठूलठूला कम्पनीको सेयरमूल्यमा ठूलो पहिरो गएको छ। तर यस बैंकको सेयरमा भने ५८ प्रतिशतभन्दा बढीको उछाल आएको छ।
बीएसईमा यस बैंकको सेयरले शानदार कमब्याक गर्दै ५८.१२ प्रतिशतको छलाङ मारेको छ। यो बैंकको सेयर निफ्टीमा ५०, निफ्टी बैंक तथा अन्य निफ्टी इन्डेक्सबाट मार्च १९ बाट हटाइने भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) ले जनाएको छ।
एनएसईमा यो बैंकको सेयरमा उछाल आएर प्रतिसेयर ४०.४० रुपैयाँले बढेको छ। बीएसईमा यसको ११२.७८ लाख सेयर र एनएसईमा ९.५५ करोड सेयर कारोबार भएको छ।
भारतकी वित्तमन्त्री निर्मला सीतारमणले गत साता केन्द्रीय मन्त्रिमण्डले यस बैंक पुनर्गठन गर्ने योजनालाई मन्जुरी दिएको बताएकी थिइन्। सोही कारणले पनि यसको सेयरमूल्यमा उछाल आएको जानकारहरु बताउँछन्।
रिजर्भ बैंकले गत ५ मार्चमा संकटग्रस्त यो बैंकलाई नियन्त्रणमा लिएको छ। यसपछि रिजर्भ बैंकले यो बैंकका खाता रहेकाहरुलाई अधिकतम ५० हजार रुपैयाँ निकाल्न सुविधा दिएको थियो भने केही बैंकिङ सेवाबाट रोक लगाएको थियो। यो रोक अब यही १८ मार्चबाट अन्त्य हुँदैछ ।
यो कारणले पनि यो बैंकको सेयरमूल्यमा चमक आएको बताइन्छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19