काठमाण्डौ । अमेरिको केन्द्रीय बैंक फेडरल रिजर्भले बुधबार राति फेरि ब्याज दर बढाएको छ।
फेडरल रिजर्भले संकटसँग संघर्ष गरिरहेका बैंकहरुलाई फेडको दर २५ आधार विन्दुले बढाएर चकित पारेको हो। फेडको यो घोषणापछि अब ब्याजदर ४.७५ प्रतिशतबाट बढेर ५ प्रतिशत पुगेको छ।
यो निर्णय यस्तो समयमा आएको हो जब अमेरिकाले ठूलो बैंकिङ संकटको सामना गरिरहेको छ। हालै अमेरिकाका दुई ठूला बैंक सिलिकन भ्याली बैंक र सिग्नेचर बैंक टाट पल्टेका छन्। अमेरिकाका १८६ बैंक समस्यामा परेका छन्।
बैंकिङ संकट भए पनि राहत दिनुको सट्टा फेडरल रिजर्भले ब्याजदर बढाउने घोषणा गरेको छ। यस वर्ष थप एकपटक ब्याजदर बढ्न सक्ने फेडले जनाएको छ।
अमेरिकी बैंकिङ क्षेत्रले फेडरल रिजर्भले ब्याजदर घटाएर राहत दिन सक्छ भन्ने आशा राखेको थियो। तर, आशा निराशामा परिणत भयो। फेडरल रिजर्भले महँगी नियन्त्रण गर्न ब्याजदर बढाउनुपरेको जनाएको छ।
मार्च २०२२ देखि फेडले लगातार ब्याज बढाइरहेको छ। यसले बैंकहरुलाई असर गरिरहेको छ। फेडरल रिजर्भको ध्यान भने महँगी नियन्त्रण केन्द्रित छ। यो वर्ष फेरि ब्याजदर बढ्न सक्ने उसले जनाएको छ।
यूएस फेडरलबाट ब्याज दर बढ्दा बन्डको उपज बढ्न थाल्छ। जसका कारण बैंकहरुले ऋण लगानीमा घाटा व्यहोर्नुपरेको छ।
विश्वको सबैभन्दा ठूलो र बलियो अर्थतन्त्र भनिने अमेरिकाका बैंकहरु डुबिरहेका छन्। दुई बैंक डुबेका छन्। एउटा डुब्ने तरखरमा छ।
सोसल साइन्स रिसर्च नेटवर्कको अध्ययनले सन् २०२३ मा मौद्रिक कडाइ र अमेरिकी बैंकहरुको कमजोरीसम्बन्धी आफ्नो प्रतिवेदनमा थप १८६ अमेरिकी बैंक डुब्ने जोखिममा रहेको उल्लेख गरेको छ। यी बैंकहरु फेडरल रिजर्भले ब्याज वृद्धि गरेपछि प्रभावित हुनेछन्। बैंकका ग्राहकले खाताबाट रकम झिक्न थालेमा यी बैंकहरु तालाबन्दी हुने निश्चित छ।
फेडरल रिजर्भले निरन्तर बढाएको ब्याजदर र असुरक्षित निक्षेपको वृद्धिले जोखिम बढ्दै गएको छ।–एजेन्सी
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19